किन हुन्छ अपच ? लक्षण र उपायसहित « Khabarhub

किन हुन्छ अपच ? लक्षण र उपायसहित


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अधिकाशं नेपालीमा पेट सम्बन्धीको रोग हुने गर्दछ । सबैभन्दा बढी नेपाली पेटको रोगबाटै ग्रसित हुने गर्दछन् । यसमध्ये एक हो अपच ।

हामीले खाएका खाना पचाउन शरीरको भित्री अंग आमासय, आन्द्रा, पाकथैली र मुखमा र्‍याल सक्रिय हुने गर्दछन् । तर पनि धेरै नेपालीमा खाना नपच्ने अर्थात अपचको समस्या हुने गर्दछ । अपच हाम्रो असावधानीका कारणले हुने गर्दछ ।

किन हुन्छ अपच ?
– खाना राम्रोसँग नचपाइकन खानु
– चिल्लो, मसलेदार पिरो खाना खानु
– कुसमयमा खाना खानु वा लामो समय भोको बसेर खानु
– शारीरिक परिश्रम कम हुनु
– काचो, बासी वा सडेको खाना खानु
– मन नलाग्दा पनि बढि खानु

अपचका लक्षणहरु :
– खाना खाएपछि अमिलो डकार आउनु
– जीउ भारी भए जस्तो हुन्छ
– छाती पोल्नु
– बान्ता आउनु
– पेट फुल्नु
– टाउको दुख्नु
– अस्वभाविक पसिना आउनु

अपच भए के गर्ने ?
– एक टुक्रा अदुवामा केही थोपा कागतीको रस र बिरे नुन मिसाएर चपाएर खाने ।
– पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस मिसाएको ताजा अचार खाने ।
– मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने ।
– प्रशस्त पानी पिउने र बान्ता आउन खोज्यो भने नरोक्ने ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ८ : ०६ बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक