के हो दादुरा ? यस्ता हुन्छन् लक्षण « Khabarhub

के हो दादुरा ? यस्ता हुन्छन् लक्षण


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दादुरा मिजल्स नामक भाइरसको संक्रमणबाट लाग्ने रोग हो । दादुरा अतिसंक्रामक रोग भएकोले यस रोगले महामारी गराउन सक्दछ । खास गरेर यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ । यो संक्रमण भएको सातदेखि चौध दिनमा लक्षण देखिन्छ ।

लक्षण
ज्वरो आउने
खोकी लाग्ने
सिँगान बग्ने
आँखा रातो हुने

दादुरा भएम ज्वरो आएको २४ घण्टापछि गिँजामाथिको मुख भित्रको छालामा कनिका जस्तो सानो सानो फोका आउने गर्दछ । ज्वरो आएको चार दिन जति पछि अनुहार, घाँटी, ढाड, हातखुट्टामा रातो दानाहरु आउने हुन्छ ।

कसरी सर्छ ?
– संक्रमित व्यक्तिबाट यो रोग अति नै सजिलोसँग फैलिन सक्छ ।
– रोगीले हाछ्युँ गर्दा, खोक्दा सजिलै यो भाइरस अरु व्यक्तिमा फैलिन्छ ।
– घन्टौँसम्म वातावरणमा बाच्न सक्ने भएकाले यो भाइरस हावाबाट (न्युन मात्रामा) पनि सर्न सक्छ ।
– हातले संक्रमित सतह छोएर नाक, आँखा, मुख छुँदा सजिलै सर्न सक्छ ।

दादुराबाट हुने जोखिम
कान पाक्ने
पखाला लाग्ने
निमोनिया हुने
मष्तिक सुन्निने
कान नसुन्ने
बच्चाहरुको ज्यान जान सक्छ
गर्भवति महिलाको बच्चा सानो र समय भन्दा पहिले जन्मने

यसको उपचार लक्षण अनुसार हुन्छ । यसबाट जोगिने उत्तम उपाय खोप नै हो । त्यसैले चिकित्सकको परामर्श अनुसार बालबालिकालाई दादुराविरुद्धको खोप लगाउनु पर्दछ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ५ : ५९ बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट