टोखा नगरपालिकाले तीन हजार व्यक्तिको ‘एन्टीजिन परीक्षण’ गर्ने « Khabarhub

टोखा नगरपालिकाले तीन हजार व्यक्तिको ‘एन्टीजिन परीक्षण’ गर्ने


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोखा नगरपालिकाले तीन हजार व्यक्तिको निःशुल्क ‘एन्टीजिन परीक्षण’ गर्ने भएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा आगामी हप्ता तीन हजार व्यक्तिको निःशुल्क ‘एन्टीजिन परीक्षण’ गर्न लागेको हो ।

स्वास्थ्य मन्त्रालयको विज्ञ टोलीसँग बसेको बैठकले आगामी आइतबारदेखि ‘एन्टीजिन परीक्षण’ शुरु गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए ।

बढी भीडभाड हुने क्षेत्रमा गर्न लागिएको परीक्षणको नतिजा आधा घण्टाभित्रै आउनेछ । एकैपटक ५०० भन्दा बढी व्यक्तिलाई ‘एन्टीजिन परीक्षण’ गर्न सकिने नगरपालिकाले जनाएको छ । ‘एन्टीजिन परीक्षण’का लागि पनि कोभिड–१९ को परीक्षण जस्तै स्वाब सङ्कलन गरिने प्रवक्ता बस्यालले बताए ।

‘एन्टीजिन परिक्षण’ कोभिड–१९ को परीक्षणका लागि गरिने पिसिआर परीक्षणभन्दा सस्तो हुने नगरपालिकाले जनाएको छ । टोखा नगरपालिकाले हालसम्म ६ हजार ७२२ जनाको कोभिड–१९ को परीक्षण सम्पन्न गरिसकेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

काठमाडौँ महानगरपछि सबैभन्दा धेरै सङ्क्रमित टोखामा रहेका छन् । उक्त नगरपालिकामा हालसम्म तीन हजार ७५२ सङ्क्रमित भइसकेका छन् ।

सङ्क्रमितमध्ये ९७.२८ प्रतिशत निको भएको टोखा नगरपालिकाले जनाएको छ । यस्तै टोखामा कोरोना सङ्क्रमणबाट १० जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै टोखामा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि ५४ शय्या छुट्याएर कोरोना सङ्क्रमित बिरामीको उपचार गर्दै आएको छ । जसमा हालसम्म ४२३ सङ्क्रमितले उपचार पाइसकेको अस्पतालका सहनिर्देशक डा विनोद बिजुक्छेले जानकारी दिए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ७ : ४० बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड