लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित « Khabarhub

लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम सीमित


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् ।

यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मरमत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ । विभागले दशमहिनापछि यही पुस १९ गतेबाट वाग्मती प्रदेशमा चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा खुला गरेको थियो ।

विभागका महानिर्देशक गगन हमाल र प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ अस्कर अलिलाई अनलाइन फारम भर्न सहज वातावरण मिलाउनुपर्ने माग गर्दै यातायात विज्ञ देवेन्द्र प्रधान र ज्ञानेन्द्र शाहीले ध्यानाकर्षण गराएका छन् । चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरका सञ्चालक समेत रहेका प्रधानले चालक अनुमतिपत्रका लागि अनलाइन फारम भर्न सहज नभएका कारण सेवाग्राही समस्यामा परेका बताए ।

उनले भने, “बल्ल बल्ल दश महिनामा प्रयोगात्मक परीक्षा खुला भयो । लाइसेन्स परीक्षाका लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या र झन्झटिलो भयो । यसलाई सहज बनाउन जरुरी छ । तत्काल यातायात व्यवस्था विभागले ध्यान दिनुपर्छ ।”

यातायात व्यवस्था विभाग अन्तर्गत ठूलो भर्‍याङ कार्यालयले हाल दैनिक साना ठूला गरी तीनसय जनाले मात्र अनलाइन फारम भर्ने व्यवस्था मिलाएको जनाइएको छ । अनलाइन फरम सीमित गरिँदा सेवाग्राही समस्यामा परेको विज्ञ प्रधानले बताए । कार्यालयले अनुमतिपत्रका लागि लिखित परीक्षा पास गरी प्रयोगात्मक परीक्षाका लागि बाँकी रहेका ८१५ जनालाई प्रयोगात्मक परीक्षाको व्यवस्था मिलाएको छ ।

यसका लागि सो भेहिकल एकेडेमीले परीक्षा सञ्चालन गरिहेको छ । नेपालको सबैभन्दा ठूलो र सुबिधा सम्पन्न सो एकेडेमी ३२ रोपनी जग्गामा फैलिएको छ ।
एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुबिधा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड –१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्र्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा शुरु भएको एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिए । उनक अनुसार प्रयोगात्मक परीक्षार्थीका लागि सामाजीक दूरी, ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।

सरकारले अबलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागि तीनखम्बे अर्थनीति अनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो । ऐकेडेमीमा दुई पाङग्रे, चारपाङग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङ्का प्रमुख सञ्जय थापाले चालक अनुमति पत्रलिन अनलाइन फारामलाई व्यवस्थित गरिने जानकारी दिए । उनले भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरको अवलोकन गर्दै कोरोनाका कारण लिखित परीक्षा पास भएका प्रयोगात्मक परीक्षा बाँकी रहेकाको एकेडेमीमा प्रयोगात्मक परीक्षा सञ्चालन हुने बताए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ९ : ३२ बजे

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !

काठमाडौं – त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म