गैरसंवैधानिक कदम सच्याउने बाटो अदालतसँग छ, अरू बाटो रोज्न नपरोस्- बाबुराम भट्टराई « Khabarhub

गैरसंवैधानिक कदम सच्याउने बाटो अदालतसँग छ, अरू बाटो रोज्न नपरोस्- बाबुराम भट्टराई


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम प्रतिनिधिसभा विघटनको गैरसंवैधानिक कदम सर्वोच्च अदालतबाट सच्चिने अपेक्षा गरेका छन् ।

पुस ५ भएको प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा पुगेका बेला जनता समाजवादी पार्टीका नेतासमेत रहेका डा. भट्टराईले सबैको आँखा सर्वोच्च अदालततर्फ सोझिएको गैरसंवैधानिक कदम सच्चिने अपेक्षा गरेका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत अदालतलाई संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा साथ नदिन चेतावनी दिएका हुन् ।

डा. भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ ! ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ ! अरू बाटो रोज्न नपरोस् !’

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १ : ३९ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी