संवैधानिक इजलासमा न्यायाधीश कार्की नबस्ने, अर्को सुनुवाइ पुस २९ मा « Khabarhub

संवैधानिक इजलासमा न्यायाधीश कार्की नबस्ने, अर्को सुनुवाइ पुस २९ मा


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाइ गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा, मुक्ति प्रधान र दिनेश त्रिपाठीले न्यायाधीश कार्कीको सहभागितामा प्रश्न उठाएपछि उनले इजलासमा नबस्ने घोषणा गरेका हुन्।

थापाले न्यायाधीश कार्की विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै संवैधानिक इजलासमा उनको सहभागिता र निस्पक्षतामाथि प्रश्न उठाएका थिए ।

वरिष्ठ अधिवक्ताहरुको प्रश्नपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा कुन न्यायाधीश बस्न मिल्ने र को नमिल्ने भन्ने प्रश्न नउठाउन वरिष्ठ अधिवक्ताहरुलाई आग्रह गरेका थिए ।

सुनुवाइमा अर्का वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले अदालतले जनताको विश्वसनीयता टिकाइराख्नु पर्ने बताएका थिए । ‘जनताको जुन विश्वास छ त्यो नै अदालतको सबैभन्दा ठूलो सम्पत्ति हो । नत्र त पुलिसको बल पनि छैन र बजेट पनि छ । तर सबैभन्दा ठूलो शक्ति भनेको जनताको विश्वास हो, यसलाई गिर्न नदिइओस्,’ प्रधानले भने ।

अर्को सुनुवाइ पुस २९ मा

आजको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते गर्ने निर्णय गरेको छ ।

आजको सुनुवाइमा वरिष्ठ अधिवक्ताहरूले प्रतिनिधिसभा विघटनको मुद्दा वृहत पूर्ण इजलासमा पठाउनु पर्ने माग गरेका थिए ।

संवैधानिक इजलासले भन्दा पनि वृहत पूर्ण इजलासले यो विषयमा राम्ररी निर्णय गर्न सक्ने उनीहरुको तर्क छ ।

सुनुवाइ सुरू हुनासाथ वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रतिनिधिसभा विघटनको मुद्दा बृहत पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने माग गरे ।

‘संवैधानिक इजलासको अधिकार क्षेत्र र अरुको कति अधिकार भनेर सर्वोच्च अदालत ऐन र विगतका नजिर हेर्दा यसलाई बृहत पूर्णइजलासमा पठाउनुपर्छ,’ बहसका क्रममा श्रेष्ठले भने ।

श्रेष्ठले सर्वोच्च अदालतको नियमावलीअनुसार राय बाझिएमा वा प्रधानन्यायाधीशले चाहेमा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने व्यवस्था रहेको स्मरण पनि गराएका थिए ।

जवाफमा प्रधानन्यायाधीश राणा र न्यायाधीश कार्कीले पहिले रिट निवेदनमाथि छलफल गर्न आदेश दिएका छन् ।

‘तपाईहरुको निवेदनमाथि बहस होस् । सुनुवाईपछि संवैधानिक इजलासले नै यसबारे निर्क्योल गर्नेछ, पूर्ण इजलासमा जाने कि नजाने भन्नेबारे यसैबाट आदेश दिनेछ’ इजलासले भन्यो ।

बृहत पूर्णइजलासमा लगियोस् भन्ने निवेदन संवैधानिक इजलासमा पढेर सुनाइएको थियो । प्रतिनिधिसभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाहरूलाई सर्वोच्चले यसअघि नै संवैधानिक इजलासमा पठाएको थियो ।

पुस १० गते प्रधानन्यायाधीश राणासहितको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ दिन आदेश दिएको थियो।

सो आदेशअनुसार दुबै कार्यालयले पुस १९ गते सर्वोच्चमा जवाफ पठाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसबमोजिम राष्ट्रपतिले पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ मा मध्यावधि चुनावको मिति घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ३ : ३४ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।