सुन्दरीजल र मीनभवनमा वाग्मती सफाइ महाअभियानको विशेष कार्यक्रम गरिने  « Khabarhub

सुन्दरीजल र मीनभवनमा वाग्मती सफाइ महाअभियानको विशेष कार्यक्रम गरिने 


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम जनचेतनासहित सुन्दरीजल र मीनभवनमा विशेष गरी मनाइने भएको छ ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र वाग्मती सफाइ महाअभियानले पत्रकार सम्मेलनमा ‘स्वच्छता हाम्रो पहिचान, सफाइमा मेरो योगदान’ नाराका साथ विविध कार्यक्रम आयोजना गरी ४०० औँ हप्ता मनाइने जनाएको हो ।

विसं २०७० जेठ ५ गते पशुपति क्षेत्रबाट वाग्मती सफाइ महाअभियान शुरु भएको थियो ।

महाअभियान ४०० औँ हप्ता प्रवेशका अवसरमा साँगाभञ्ज्याङ, नागढुङ्गा, नयाँ बसपार्क, त्रिभुवन विश्वविद्यालय प्रवेशढोका कीर्तिपुर, बालाजु बाइपास, नारायणगोपाल चोक, मीनभवन र सुन्दरीजलमा समेत जनचेतनामूलक अभियानसहित सफाइ गर्ने निर्णय भएको जानकारी गराइएको हो ।

सम्मेलनमा महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेलले स्वयंसेवी कामका रुपमा वाग्मती सफाइलाई अघि बढाइएको बताए ।

महाअभियान शुरु हुँदा मुख्यसचिवको भूमिकामा रहनुभएका पौडेलले प्रशासनिक क्षेत्रको उच्च पदलाई व्यक्तिगत स्वार्थका लागि नभई उपत्यकाको सभ्यताको स्रोत सफा बनाउने अभियानमा लगाएको बताए ।

अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले भूमि समस्या समाधान गर्न गठन भएको आयोगसँग समन्वय गरी उपत्यकाका नदी किनारमा अव्यवस्थित बसोवास गरिरहेकालाई व्यवस्थित गरिने बताए ।

नदी किनारमा मापदण्डविपरीत बसेकालाई ठाउँ छोड्न समितिले ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरिसकेको छ ।

वाग्मतीको मुहानस्थल गोकर्णेश्वर, कागेश्वरी मनोहरा नगरपालिकामा जग्गा एकीकरण भइरहेकाले त्यही कार्यक्रममा ढल व्यवस्थापन योजनालाई समेत समावेश गर्न नगरपालिकासँग समन्वयात्मक बैठक भइरहेको उनले जानकारी दिए ।

अधिकार सम्पन्न वाग्मतीका आयोजना प्रमुख नवराज प्याकुरेलले सफाइसम्बन्धी पाठ्यक्रम विद्यालय र महाविद्यालयको पाठ्यक्रममा समेत राखेर चेतना जगाउन पहल गरिनुपर्नेमा जोड दिए ।

अधिकार सम्पन्न वाग्मती समिति सञ्चालक सदस्य एवं अभियानकर्मी डा माला खरेलले पुस २५ गते ४०० औँ हप्ताको विशेष कार्यक्रम सुन्दरीजल र मीनभवनमा गरिने जानकारी दिए ।

सुन्दरीजलमा माछाका भुरासमेत छाडिने समितिले जनाएको छ । त्यसअघि उपत्यकाका सात स्थानमा पर्चा, पम्प्लेटसहित चेतनामूलक जानकारी गराइने कार्यक्रम रहेको छ ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी, उपत्यका बाहिरका प्रमुख शहर एवं केही नदीमासमेत सफाइ अभियान शुरु भएको छ ।

हाल देशभर गरी १०६ भन्दा बढी स्थानमा सफाइ अभियान जारी रहेको महाअभियानले जनाएको छ । उपत्यकाका सबै सफाइ अभियानलाई महाअभियानको ४०० औँ हप्ताको कार्यक्रममा चेतनामूलक जागरण गर्न सहभागी गराइने भएको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ६ : ४५ बजे

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको