ओलीजस्तो निरंकुश र अहंकारी कोही छैन : अध्यक्ष नेपाल (भिडियोसहित) « Khabarhub

ओलीजस्तो निरंकुश र अहंकारी कोही छैन : अध्यक्ष नेपाल (भिडियोसहित)


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा ‘दाहाल-नेपाल’ पक्षका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई क्षतविक्षत पारेको आरोप लगाएका छन् ।

नेकपाले बुधबार काठमाडौंमा गरेको अन्तरक्रियामा नेता नेपालले संविधानमा व्यवस्था नै नभएको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानलाई क्षतविक्षत पारेको आरोप लगाएका हुन ।

ओलीको कदम असंवैधानिक भएको भन्दै नेपालले त्यसले लोकतन्त्रका मूल्य मान्यतामाथि चोटिलो प्रहार भएको बताए। ‘यो प्रतिगामी कदम पनि हो’, उनले भने।

ओलीले घरमा झगडा भएपछि घरै भत्काइदिने प्रवृत्ति देखाएको समेत आरोप लगाए ।

उनले संसद विघटन गरेसँगै ओली काम चलाउ प्रधानमन्त्री भएको बताए । नेता नेपालले ओलीको अहिलेको शैली निरंकुश र अहंकारी भएको बताए। नेपालले ओलीले षडयन्त्रको तानाबाना बुनिरहेको आफूले सुनिरहेको भए पनि ती सफल नहुने बताए।

हेरौँ भिडियो

राजनीतिक स्थायीत्वको लागि प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने व्यवस्था गरे पनि हुँदै नभएको अधिकार प्रयोग गरिएको उनको आरोप थियो ।

ओलीले संकटकाल लगाउने सम्मको तानाबाना बुनिरिहेको हल्ला आएको भन्दै उनले त्यसलाई सफल हुन नलिने स्पष्ट पारे । प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडक संघर्ष जारी रहेको बताए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ७ : ५१ बजे

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर