नेता पोखरोलले खुलाए प्रतिनिधिसभा विघटन हुनुका ८ कारण « Khabarhub

नेता पोखरोलले खुलाए प्रतिनिधिसभा विघटन हुनुका ८ कारण


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रेदशका मुख्यमन्त्री शंकर पोखरेलले  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरिनुका ८ कारण खुलासा गरेका छन् ।

नेकपा स्थायी समिति सदस्य समेत रहेका पोखरेलले बुधबार साँज सामाजिक सञ्जाल फेसबुकमार्फत संसद विघटन गर्नुका  ८ कारण  खुलासा गरेका हुन ।

उनले सभामुख अग्नी सापकोटाको असहयोगदेखि पार्टीका प्रथम अध्यक्षविरुद्ध षडयन्त्र भएको विषयले संसद विघटन निम्ताएको बताएका छन् ।

उनले सरकारबाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापति र सांसदहरुको असहयोग रहनाले संसद विघटन गर्नु परेको अर्को कारणका रुपमा लिएका छन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन्-

नेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ?

सरकारको विजनेस सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्नाले,

सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापती र सांसदहरुको असहयोग रहनाले,

विधेयका सन्दर्भमा संसदीय समितिले गरेको निर्णयमा विभागिय मन्त्रीले नै असहमती राख्ने विडम्वनापूर्ण अवस्था सिर्जना हुनुले,

सत्तापक्षका प्रतिनिधिसभाका सदस्यहरु दलिय अनुशासन भन्दा वाहिर गएर प्रतिनिधिसभामा प्रस्तुत हुनाले,
पार्टी र संसदीय दलको निर्णय वेगर विशेष अधिवेशनको मागगर्दै राष्ट्रपति कार्यालयमा औपचारिक रुपमा समावेदन दर्तागर्न जानुले,

पार्टी र दलमा औपचारिक प्रस्ताव समेत नराखी प्रधानमन्त्रीका विरुद्धमा संसदिय पद्धति र परम्परा विपरित अविश्वास प्रस्तावका लागि हस्ताक्षर संकलन गर्नाले,

पार्टी एकता भएको लामो समयसम्म पनि पूर्व समुहका संसदीय दललाइ एकिकृत गर्न तयार नहुनाले ।

पार्टी भित्रको अन्तरद्वन्द्व र प्रथम अध्यक्षका विरुद्धको गंभीर षडयन्त्रका साथै प्रतिनिधिसभामा सत्तापक्षको यो हविगत पनि प्रतिनिधिसभा विघटनको आधार तथा कारण वन्न पुुग्यो । प्रतिनिधिसभा विघटनका लागि प्रधानमन्त्रीलाई औला देखाउनुहुने माननीयज्यूहरुले औला देखाउनुपूर्व यस बीचमा आफुहरुले खेलेको यस प्रकारको भूमिकाका वारेमा पनि आत्मसमिक्षा गर्ने कि !

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ८ : ४८ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष