गैँडा तस्कर आरोपी महतो १५ वर्षपछि पक्राउ « Khabarhub

गैँडा तस्कर आरोपी महतो १५ वर्षपछि पक्राउ


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गैँडा तस्करको आरोप लागेका एक जनालाई १५ वर्षपछि पक्राउ गरेको छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउपर्नेमा माडी नगरपालिका– ५ का ४८ वर्षीय शनिचरा महतो रहेका छन् ।

अधिकारीका अनुसार उनलाई निकुञ्ज प्रशासनले यही पुस २७ गते पक्राउ गरेको हो । विसं २०६२ असारमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको आरोपमा उनीविरुद्ध असोज १२ गते मुद्दा दायर गरिएको थियो ।

उनको मुद्दा विसं २०६४ पुस २० गते फैसला भई १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकिएको थियो । फरार रहेका अवस्थामा माडीको पिपरियाबाट उनलाई पक्राउ गरिएको हो ।

उनी विसं २०६२ सालमा निकुञ्जको भित्री इलाका भालुटापुमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको निकुञ्जले दाबी गरेको छ । उनले भारतबाट अत्याधुनिक हतियार खरिद गरी गैँडा मार्ने कार्यमा सहयोग गर्नुका साथै खाग बिक्रीमा संलग्न भएको पाइएको निकुञ्जले जनाएको छ ।

महतो पक्राउ पर्नुलाई निकुञ्ज अधिकारीले ठूलो सफलताका रुपमा लिएका छन् । पछिल्लो समय निकुञ्जमा चोरी शिकारी बढेको छ । साउनयता तस्करले मारेका चार गैँडा फेला परेपछि निकुञ्जमा निगरानी बढाइएको छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ९ : ३० बजे

साउदी आक्रमणमा एक नेपालीको मृत्यु, दुई जनाको उपचार हुँदै

काठमाडौँ – साउदी अरबमा भएका पछिल्ला दुई आक्रमणमा परी घाइते

ठगी कसुरमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई चार दिन थुनामा राख्न अनुमति

काठमाडौँ – मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा रकम असुलेर

राष्ट्रपति पौडेल भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री शाह

काठमाडौ– राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न प्रधानमन्त्री वालेन्द्र शाह महाराजगञ्जस्थित

दशौँ राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा

समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत

बैंकक- कम्बोडिया र थाइल्यान्डले विवादित समुद्री क्षेत्रको भौगोलिक अवस्था बुझ्न