इन्टर मिलान ‘सिरी ए’ फुटबलको शीर्ष स्थानमा « Khabarhub

इन्टर मिलान ‘सिरी ए’ फुटबलको शीर्ष स्थानमा


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्टर मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

शुक्रबार राति भएको खेलमा फियोरेन्टिनालाई २-० ले पराजित गर्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो ।

फियोरेन्टिनाको मैदानमा इन्टरलाई जित दिलाउन निकोलो बरेला र इभान पेरिसिचले एक एक गोल गरे । खेलको ३१औँ मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ५२औँ मिनेटमा पेरिसिचले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए । जितसँगै शीर्ष स्थानमा उक्लिएको इन्टरले ४७ अंक जोडेको छ ।

एसी मिलानलाई १ अंकले पछि पार्दै इन्टर शीर्ष स्थानमा उक्लिएको हो । फियोरेन्टिना २२ अंक जोडेर १२औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ८ : २० बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट