चितवनमा ५६ कुष्ठरोगी थपिए « Khabarhub

चितवनमा ५६ कुष्ठरोगी थपिए


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा ५६ कुष्ठरोगी थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सो सङ्ख्यामा रोगी थपिएका  हुन ।

६८औँ विश्व कुष्ठरोग दिवसको अवसरमा शुक्रबार आयोजित कुष्ठरोग तथा हात्तीपाइ रोगबारेको अन्तरक्रियामा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार भेटिएका रोगीहरु मध्ये सबैभन्दा वढी भरतपुर महानगरका छन् । इच्छाकामना गाउँपालिकामा भने रोगी नभेटिएको उनले बताए ।

भरतपुर महानगरपालिकाको नारायणी नदी किनारमा बढी कुष्ठरोगी भेटिएको कार्यालयले जनाएको छ । अहिले जिल्लामा नयाँ सहित कुष्ठरोगीको संख्या १ सय १६ पुगेको छ ।

उनीहरुले नियमित औषधि सेवन गर्दै आएको उनको भनाइ छ । चितवन कुष्ठरोग निवारणको तर्फ लागेको उहाँले बताउनुभयो ।  द लेप्रोसी मिसन नेपालको आयोजनामा भएको अन्तरक्रियामा गत आर्थिक बर्षमा ६० जना नयाँ रोगी भेटिएको जानकारी दिइएको थियो ।

कुष्ठरोगीहरुको जीविकोपार्जनका लागि जिल्लामा ६ वटा सहकारी संस्थाबाट काम भईरहेको जानकारी दिइयो । यो रोग माइट्रो व्याक्टेरीया लेप्रो नामक सुक्ष्म किटाणुबाट सर्ने गर्दछ ।

अहिले जिल्लामा १० हजार जनामा एक जनालाई रोग देखिने गरेको तिवारीले वताए । सो संख्या घट्दो क्रममा रहेको छ ।

कुष्ठरोग लागेका बिरामीहरुले नियमित एक वर्ष सम्म औषधि खुवाउनु पर्ने हुन्छ । शरीरको कुनै भागमा छुँदा थाहा नपाउनु, रातो फुस्रो दागहरु देखिनु, हात खुट्टा झमझमाउनु, अनुहार र कानको लोति बाक्लो हुनु र गिर्खाहरु देखिनु यसका लक्षणहरु हुन् ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १० : ३५ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया