विजयकुमारको ‘सम्बन्ध’लाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ « Khabarhub

विजयकुमारको ‘सम्बन्ध’लाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्षको ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ विजयकुमारको किताब ‘सम्बन्धहरू’लाई प्रदान गरिएको छ ।

अनलाइन बुकसेलिङ प्लेटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको किताब यात्राले राजधानीमा सम्पन्न ‘किताब जात्रा’को अवसरमा आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको यो पुस्तकलाई अवार्ड दिएको हो ।

लेखक विजयकुमारलाई फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारी र लेखक बुद्धिसागरले अवार्ड प्रदान गरेका थिए ।

गत वर्ष उक्त अवार्ड अमर न्यौपानेको उपन्यास ‘गुलाबी उमेर’ले प्राप्त गरेको थियो । अवार्ड पाएपछि लेखक विजयकुमारले कुनै कृति बिक्री हुँदैमा उत्कृष्ट हुने र बिक्री नहुँदैमा नराम्रो नहुने बताए ।

कार्यक्रममा यस वर्षको ‘प्रेम साहित्य सम्मान’ कवि जसराज किराँतीलाई प्रदान गरिएको थियो । उक्त सम्मान नेपाली वाङ्मयमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई ५५ हजार ५ सय ५५ रूपैयाँ राशीसहित हरेक वर्ष प्रदान गरिन्छ ।

बुईपा– ६, खोटाङका ७५ वर्षीय किराँतीलाई ‘ग्रामीण जीवन स्वयम् आत्मसात् गर्दै त्यहाँका सरल तर शक्तिशाली बिम्ब कविताका अनेकन आयाममा प्रयोग गरी उच्च काव्यिक मूल्यबोध स्थापित गर्न सफल भएको’ ठहर गर्दै साहित्य सम्मान प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

किराँतीलाई कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र ‘प्रेम साहित्य सम्मान’की संरक्षक बालकुमारी अधिकारीले दोसल्ला ओढाएर नगद, ताम्रपत्र र सिक्का प्रदान गर्दै सम्मान गरेका थिए । गत वर्ष उक्त सम्मान साहित्यकार सरुभक्तलाई प्रदान गरिएको थियो ।

फाउण्डेसनका अध्यक्ष अधिकारीले कोरोना प्रभावका कारण यस वर्ष ‘किताब जात्रा’ मासमिडिया र भर्चुअल मिडियामार्फत प्रशारण गरिएको बताए ।

जात्रामा सात विमर्श सत्र सञ्चालन भएको थियो । अर्को वर्ष भौतिक भेटघाटसहितको कार्यक्रम गर्न सकिने आशा रहेको फेस्टिभल संयोजक कला अनुरागीले बताए । यस वर्षको किताब जात्राको शीर्ष प्रायोजन नबिल बैंकले गरेको थियो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ११ : ५० बजे

कांग्रेसको समीक्षा : एमालेसँगको गठबन्धनसहित यी कारणले भयो चुनावमा हार

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा