सिन्धुलीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, २२ जना घाइते « Khabarhub

सिन्धुलीमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, २२ जना घाइते


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीको मरिणमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

दुर्घटनामा मरिण गाउँपालिका वडा नं २ बस्ने वर्ष २५ का प्रताप लोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार दुर्घटना लगत्तै हेलिकप्टरबाट काठमाण्डौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएका पाँच जनामध्ये उपचारको क्रममा लोको मृत्यु भएको हो । अन्य चार जनाको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई पनि थप उपचारको लागि एम्वुलेन्समा काठमाण्डौं पठाइएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए ।

३४ जना जन्ती बोकेर हरिहरपुरगढीको बखबरबाट मरिणको रातोमाटेतर्फ जादै गरेको ना ५ त ५३५६ नम्बरको ट्राक्टर तीव्र गतिमा रहेको र मदन भण्डारी सडकमै अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १२ : ०५ बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति