कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन महिलाको मृत्यु « Khabarhub

कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन महिलाको मृत्यु


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ ।

घर लिपपोतका लागि माटो लिन गएका खैरीफाँटाका ३१ वर्षीया गङ्गा जैगडी, २० वर्षीया भावना ओड र १७ वर्षीया धनसरी विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानेका अनुसार घटनामा परी माटो खन्न गएका दुई जना घाइते भएका छन् । घाइते हुनेमा काजल विक र अञ्जु जैगढी रहेका छन् । घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

कैलाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा घर लिपपोतका लागि आवश्यक माटो खन्ने क्रममा वर्षेनी महिलाको ज्यान जोखिममा पर्ने गरेको छ । माटो खनेर खाल्डो भएको ठाउँ केही दिनअघि वर्षा भएका कारण गलेको कारण खन्न थाल्दा भत्किएको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ३ : ११ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ