वाग्मती सफाइ महाअभियान ४०४औँ हप्तामा « Khabarhub

वाग्मती सफाइ महाअभियान ४०४औँ हप्तामा


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती सफाइ महाअभियानको ४०४ औँ हप्तामा आलोकनगर शिव मन्दिर नजिकैको नदी किनारमा सफाइ गरिएको छ । सफाइबाट १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नवनियुक्त आयोजना प्रमुख रवीन्द्र बोहरा, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, महानगरपालिका–९ का सदस्य टेकराज अधिकारी, नेपाली सेनाको चण्डी दल गण सिंहदरबार, एस ट्राभल्स, पहिलो पाइला, काठमाडौँ महानगर फोहर व्यवस्थापन विभाग टेकु, वाग्मती फोहर उन्मूलन उपभोक्ता समाज, आलोकनगर समुदाय, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त आयोजना प्रमुख बोहरालाई वाग्मती सफाइ महाअभियानले स्वागत गरेको छ । कार्यक्रममा समितिका अध्यक्ष तिमल्सिना र आयोजना प्रमुखले वाग्मती नदी छिटोभन्दा छिटो स्वच्छ बनाउने दृढता व्यक्त गरेका छन् ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान जारी छ । वाग्मतीसँगै उपत्यकामा यसका सहायक नदी पनि सफाइ भइरहेको छ । यसबाट प्रभावित भई हाल देशभर १०६ स्थानमा सफाइ भइरहेको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ३ : ४५ बजे

नयाँ दलमाथि ओलीको कटाक्ष : कहाँ जाँदै छु, कहाँ पुग्ने हो थाहा छैन

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने

एकै दिन दुई हजार एक सय जना एमालेमा प्रवेश

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपेन्द्र अग्रवालसहित दुई

रास्वपाकै शीर्ष तहबाट एकता भंग भएको हो : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा

एमाले छिरे शेयर व्यवसायी दीपेन्द्र अग्रवाल, ओलीले गरे स्वागत

काठमाडौं- शेयर व्यवसायी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन्