खाना नबनाएको निहुँमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या | Khabarhub Khabarhub

खाना नबनाएको निहुँमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति श्रीमती ४२ वर्षीया हरिमाया पुनको हत्या गरेको आरोपमा पोखरा महानगरपालिका-३३ उपल्लो पुँडी बस्ने ५० वर्षीय गमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो।

पोखरामा डेरा गरी बस्दै आएका पुन पर्वत जलजला गाउँपालिका-७ धाइरिङका हुन् । उनले श्रीमतीलाई राति पौने ८ बजे धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालका अनुसार हरिमाया आफ्नै सुत्ने कोठामा मृत फेला परेकी थिइन्। प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा गमबहादुरलाई पोखरा महानगरपालिका-३३ लामगादीबाट पक्राउ गरिएको हो ।

गमबहादुरले खाना नबनाएको विषयमा आपसमा झगडा हुँदा श्रीमतीलाई बञ्चरो प्रहार गरेको अनुसन्धानबाट खुलेको डीएसपी हमालले बताए।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ६ : १४ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र