कांग्रेसले ९० प्रतिशत भोट पाउने वरिष्ठ नेता पौडेलको दाबी  | Khabarhub Khabarhub

कांग्रेसले ९० प्रतिशत भोट पाउने वरिष्ठ नेता पौडेलको दाबी 


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सच्चिएर अघि बढ्नुपर्ने समय आएको बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक सस्थाले तनहुँको दमौलीमा शनिबार सयुक्तरुपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसको इतिहास राम्रो छ, नेताहरु सच्चिएर अघि बढ्ने हो भने ९० प्रतिशत भोट कांग्रेसलाई आउँछ ।’

वरिष्ठ नेता पौडेलले जनताको समस्या समाधान गर्ने गरी कांग्रेस अघि बढ्नुपर्ने बताउँदै पार्टीभित्र एक पक्ष कमजोर अर्को पक्ष बलियो हुन्छु भन्ने सोचाई राख्नु गलत भएको धारणा व्यक्त गरे । ‘कम्युनिष्ट पार्टीहरुबीच फुट हुँदा कांग्रेस बलियो वा खुसी हुन्छ भने होइन’, उनले भने, ‘अर्काको भत्किएर आफ्नो घर बलियो हुन्छ भन्ने सोचाई कसैले राख्नु हुँदैन ।’

वरिष्ठ नेता पौडेलले विघटित प्रतिनिधिसभा अदालतबाट पुनःस्थापना नभए आन्दोलनबाट हुने बताउँदै प्रतिनिधिसभाको पुनःस्थापना अदालतबाटै हुने आफू विश्वस्त रहेको उल्लेख गरे । ‘प्रतिनिधिसभा विघटन हुनु भनेको लोकतान्त्रिक व्यवस्था सङ्कटमा पर्नु हो’, उनले भने, ‘वैशाखमा चुनाव हुने अवस्था छैन् ।’

सिद्धान्तमा एक भएर पार्टी एकीकरण नभई पद र सत्ता प्राप्तिका लागि गरिएकाले कम्युनिष्ट पार्टी फुटको अवस्था आएको उनको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कांग्रेस चुनावदेखि डराउने पार्टी हैन भन्दै चुनाव र संसद् पुनःस्थापना पनि नहुने अवस्था आएमा आन्दोलन मात्र एक विकल्प भएको बताए ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  ७ : ०१ बजे

कैलालीको ‘टीकापुर पार्क’ : प्रचार नहुँदा ओझेलमा (फोटोफिचर)

कैलाली– कैलालीको टीकापुरमा २०२८ सालमा स्थापना गरिएको टीकापुर पार्कमा घुम्न

कुलमान एक्सन : सडक निर्माणका २५ ठेक्का एकसाथ तोडियो

काठमाडौं – सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर

आईपीएल खेलेका साउथ अफ्रिकन अनुहार, जसले खेल्दैछन् दोस्रो सिजनको एनपीएल

काठमाडौं – विश्वकै ध्यान खिच्न सफल इन्डियन प्रिमियर लिग (आईपीएल)

नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’ 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संसारमा फुटेर

विश्वकप छनोट : नर्वेसँग इटालीको लस्जास्पद हार

काठमाडौं – विश्वकप छनोटमा नर्वेले इटालीलाई हराएको छ। गएराति भएको