मुलुकलाई स्थिरतातर्फ लैजान ताजा जनादेश : अर्थमन्त्री पौडेल « Khabarhub

मुलुकलाई स्थिरतातर्फ लैजान ताजा जनादेश : अर्थमन्त्री पौडेल


२४ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि चालिएको कदम भएको बताएका छन ।

पेशागत महासंघ नेपालको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यात्मक कदम भएको बताएका हुन ।

उनले जनता पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको दाबी गरे । उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताए ।

मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने स्पष्ट पारे । अर्थमन्त्री पौडेलले प्रदर्शनरत पक्षहरु निर्वाचनमा जान डराएको बताए ।

उनले दुई तिहाइको आफ्नै सरकारलाई टिकाएर समाजिक न्याय, समानता र समाजवादको आधार निर्माण गर्ने अवसर पार्टीभित्रका केही नेताका कारण गुमेको स्पष्ट पारे ।

कार्यक्रममा महासंघले २७५ सदस्यीय सातौँ महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ । कमिटीको संयोजकमा बाबुराम थापा र सहसंयोजकमा दयाराम बस्याल रहेका छन । नवगठित आयोजक कमिटीका सदस्यलाई पार्टी महासचिव पौडेलले शपथ खुवाएका थिए ।

 

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार  १० : ४३ बजे

सम्पदाको संरक्षणमा एउटा पहल : आज विश्व सम्पदा दिवस

काठमाडौंँ – सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल वैशाख ५ गते शनिबार। वैशाख शुक्ल

आज २०८३ साल वैशाख ५ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ५ गते शनिबार। वैशाख

सर्वोच्चको फैसलापछि घिमिरे भने : अब विवाद बिर्सेर अघि बढौं

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले सर्वोच्च अदालतको पछिल्लो