पहाडी भेगमा सोमबारसम्म वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमानसहित) « Khabarhub

पहाडी भेगमा सोमबारसम्म वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमानसहित)


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मुलुकका पहाडी तथा हिमाली भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १ , वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोलि र पर्सी पहाडी तथा हिमाली भेगमा हल्का वर्षा हुन सक्ने उल्लेख छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन २२ गते (शनिबार)

दिउँसो :  प्रदेश १ , वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपात को सम्भावना रहेको छ ।

राति :  प्रदेश १ , वाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेश १ , वाग्मती प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

फागुन २३ गते (आईतबार)

दिउँसो :  देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति :  प्रदेश नं १  र सुदूरपश्चिम प्रदेशमा साथै  बाँकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

फागुन २४ गते (सोमबार)

दिउँसो : प्रदेश नं १  र सुदूरपश्चिम प्रदेशमा साथै  बाँकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।  प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ७ : २० बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल