महाशिवरात्रिको तयारी: सूर्यघाटबाट आर्यघाटसम्म सफाइ « Khabarhub

महाशिवरात्रिको तयारी: सूर्यघाटबाट आर्यघाटसम्म सफाइ


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ मन्दिरअघिको सूर्यघाटबाट आर्यघाटसम्मको वाग्मती नदी क्षेत्रमा सफाइ गरिएको छ ।

पशुपति क्षेत्रलाई फोहोरमुक्त बनाउन वाग्मती सफाइ महाअभियानको ४०८औँ हप्तामा आज बिहान राममन्दिर अघि सफाइ गरिएको हो ।

सफाइबाट १० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिए । सफाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री भानुभक्त ढकालको समेत उपस्थिति थियो ।

सफाइ अभियानपछि मन्त्री ढकालले महाशिवरात्रिका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सफा राख्नुपर्नेमा जोड दिए ।

महाअभियानका प्रमुख अभियान पूर्वमुख्य सचिव लीलामणि पौडेल, शहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा, पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य देवीप्रसाद बराल, सफाइ अभियानकर्मी एवं कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डे, कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तण्डुकार, महानगरपालिका–८ का जनप्रतिनिधिलगायत कोषका कर्मचारी एवं अभियानकर्मी गरी ४०० भन्दा बढीको सक्रियता थियो ।

महाशिवरात्रिपछि फागुन २९ गते शनिबार पुनः पशुपतिनाथ मन्दिरको राममन्दिर प्राङ्गणमा सरसफाइ गरिने अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए ।

यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथको उत्तर पश्चिमी भागमा पनि सफाइ गरिएको छ ।

विष्णुमती नदी माथिल्लो भाग सफाइको २७औँ हप्तामा त्यस क्षेत्रमा सफाइसहित नदी किनारमा फोहोर फालेमा कानूनी कारवाहीको दायरामा ल्याइने जानकारी गराइएको अभियानकर्मी रामकुमार श्रेष्ठले बताए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत परे पनि निरन्तर हुँदै आएको छ । महाअभियान शुरु भएपछि वाग्मतीका सहायक नदी पनि सफाइ गर्न थालिएको छ ।

उपत्यकाबाहिर पनि मुख्य शहर, नदी गरी १०७ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ ।

वाग्मती सफाइ महाअभिायनका विषयमा छलफल गर्न आज दिउँसो ४ बजे महानगरपालिका–११ विशेष बैठक बस्ने जनाइएको छ । बैठकमा महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत वाग्मती किनारका सबै शिवालयमा सफाइ गर्ने विषयमा छलफल गरिने जनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ४ : ३४ बजे

लुम्बिनी प्रदेशसभाबाट जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

लुम्बिनी– लुम्बिनी प्रदेशसभाले जीवनाशक विषादीको व्यवस्थापन तथा नियमनका लागि कानुनी

मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृह मन्त्रालयबाट बाहिरिएका

७ सय मिटर चक्रपथ विस्तार गर्न डेढ वर्ष, पाशुपत र चारुमती विहारक्षेत्रमा युनेस्को बाधक 

सडक डिभिजन कार्यालय काठमाडौँले २०८१ असोजमा चक्रपथको बसुन्धरादेखि तीनकुनेसम्मको निर्माण

दीपक र सुलभमाथि थप ७ दिन म्याद थपियो, सम्पत्ति शुद्धिकरण मुद्दामा थप अनुसन्धान हुने

काठमाडौं- काठमाडौं जिल्ला अदालत ले सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्टसहितका

साताको २ दिन विदा : शैलुङ-कालिञ्चोक घुम्ने पर्यटक बढे

दोलखा– दोलखाको मुख्य पर्यटकीय क्षेत्र शैलुङ र कालिञ्चोकमा पछिल्लो दिनहरूमा