प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव आए सामना गर्ने, आफ्नो पक्षमा बहुमत रहेको दाबी « Khabarhub

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव आए सामना गर्ने, आफ्नो पक्षमा बहुमत रहेको दाबी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुरु हुने प्रतिनिधिसभाको हिउँदे अधिवेशनका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।

आज बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आफूसँग बहुमत सांसद रहेको दाबी गर्दै संसदमा अविश्वास प्रस्ताव दर्ता भए त्यसको सामना गर्ने अडान राखे ।

प्रधानमन्त्रीबाट राजीनामा दिनेबारे कुनै शब्दसमेत उच्चारण नगरेका ओलीले अविश्वासको प्रस्ताव प्रस्तुत भए त्यसलाई असफल पार्ने बताए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको ओली समूहले दाबी गरेको छ । बहुमत सांसद ओली समूहमा रहेकाले कानुनी हिसाबले नेकपा विभाजन हुन कठिन रहेको यो समूहको ठहर छ ।

ओली समूहको संसदीय दलको बैठकमा सहभागी हुन प्रचण्ड–माधव समूहका सांसदलाई पनि सन्देश पठाइएको थियो । एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतम पनि बैठकमा उपस्थित भएनन् ।

यसअघि शुक्रबार साँझ प्रधानमन्त्री ओली बामदेवलाई भेट्न भैँसेपाटीस्थित गौतम निवास पुगेका थिए । उनले वामदेवलाई संसदीय दलको बैठकमा आउन आग्रह गरेका थिए ।

बैठकले नेकपा प्रचण्ड–माधव समूहले कांग्रेसलाई प्रधानमन्त्री बनाउन लागेको भन्दै आपत्ति जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ५ : ५८ बजे

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र

अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौं– संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी

रविको मैदानमा बालेनको बलिङ

चुनावी दौडाहामा रहँदा रवि लामिछाने र बालेनलाई विभिन्न ठाउँमा कुचो

नेपालको आर्थिक रूपान्तरण र विकास यात्रामा सहकार्य गर्न चीन प्रतिबद्ध

काठमाडौं– चीनले नेपालको आर्थिक रूपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ