बहुदलको पक्षमा बोल्दा संसदभित्रै कुटाइ खाने लोकमणि गिरीको निधन « Khabarhub

बहुदलको पक्षमा बोल्दा संसदभित्रै कुटाइ खाने लोकमणि गिरीको निधन


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता लोकमणि गिरीको ८३ वर्षको उमेरमा निधन भएको छ । शनिबार दिउँसो पौने २ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उनको निधन भएको हो ।

तुलसीपुरस्थित घरमै बस्दै आएका गिरीलाई दिउँसो बिरामी भएपछि अस्पताल लगिएको थियो ।

आफन्त तथा प्रदेश सभा सदस्य शंकर गिरीका अनुसार हृदयघात भएको जस्तै समस्या देखिएपछि गिरीलाई अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएको केही बेरमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसपूर्व उनलाई कुनै पनि खाले स्वास्थ्य समस्या नरहेको प्रदेश सभा सदस्य गिरीले बताए ।

प्रदेशसभा सदस्य शंकर गिरीका अनुसार २०३५ सालको निर्वाचनमा लोकमणि गिरी दाङबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए । त्यो बेला चार जनाले जनमत संग्रहका बेला बहुदलको पक्षमा समर्थन गरेका थिए ।

चितवनका भीमप्रसाद श्रेष्ठ, बाग्लुङका कुलराज शर्मा, पर्साका राधाकृष्ण कलवार र दाङका लोकमणि गिरीले राष्ट्रियसभा सदस्य हुँदाहुँदै बहुदलको पक्षमा समर्थन जनाएका थिए ।

सिंहदरबार ग्यालरीमा स्वर्गीय गिरीले बहुदलको समर्थन गरेर बहुदलकै पक्षमा लागेपछि संसद भवनभित्रै गिरीमाथि पञ्चहरुले कुटपिट गरेको प्रदेशसभा सदस्य गिरीले बताए ।

‘२०३६ सालको जनमत संग्रहपछि बहुदल पक्षमा लागेको भनेर उहाँमाथि संसद भवनभित्रै पञ्चहरुले कुटपिट गरेका थिए, जो ऐतिहासिक घटना मानिन्छ,’ प्रदेश सभा सदस्य गिरीले भने, ‘पञ्चयात राजनीतिमा रहँदा पनि उदारवादी खेमामा रहेर उहाँले काँग्रेसजनहरूलाई आन्दोलनमा अदृश्य रुपमा सघाउने गर्नु हुन्थ्यो।’

जातीय परम्परा अनुसार गिरीको समाधि आइतबार पुर्ख्यौली घर दंगिशरण गाउँपालिका वडा नं. ४ सुकदेवा गाउँमा गरिने भएको छ।

गिरीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालासहित नेताहरु दाङ आउने प्रदेश सभा सदस्य गिरीले जानकारी दिए ।

स्वर्गीय गिरीकी ८० वर्षीया श्रीमती छाया र छोराहरू दीपक, छोरी रचना, छोरा, ज्वाला र ज्योति गिरी रहेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : २३ बजे

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित

आयोगमा निवेदन दिएर फर्किए गगनसहितका नेता (तस्बिरहरू)

काठमाडौं– गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनु पहिलो प्राथमिकता : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै