बहुदलको पक्षमा बोल्दा संसदभित्रै कुटाइ खाने लोकमणि गिरीको निधन « Khabarhub

बहुदलको पक्षमा बोल्दा संसदभित्रै कुटाइ खाने लोकमणि गिरीको निधन


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता लोकमणि गिरीको ८३ वर्षको उमेरमा निधन भएको छ । शनिबार दिउँसो पौने २ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उनको निधन भएको हो ।

तुलसीपुरस्थित घरमै बस्दै आएका गिरीलाई दिउँसो बिरामी भएपछि अस्पताल लगिएको थियो ।

आफन्त तथा प्रदेश सभा सदस्य शंकर गिरीका अनुसार हृदयघात भएको जस्तै समस्या देखिएपछि गिरीलाई अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएको केही बेरमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसपूर्व उनलाई कुनै पनि खाले स्वास्थ्य समस्या नरहेको प्रदेश सभा सदस्य गिरीले बताए ।

प्रदेशसभा सदस्य शंकर गिरीका अनुसार २०३५ सालको निर्वाचनमा लोकमणि गिरी दाङबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित भएका थिए । त्यो बेला चार जनाले जनमत संग्रहका बेला बहुदलको पक्षमा समर्थन गरेका थिए ।

चितवनका भीमप्रसाद श्रेष्ठ, बाग्लुङका कुलराज शर्मा, पर्साका राधाकृष्ण कलवार र दाङका लोकमणि गिरीले राष्ट्रियसभा सदस्य हुँदाहुँदै बहुदलको पक्षमा समर्थन जनाएका थिए ।

सिंहदरबार ग्यालरीमा स्वर्गीय गिरीले बहुदलको समर्थन गरेर बहुदलकै पक्षमा लागेपछि संसद भवनभित्रै गिरीमाथि पञ्चहरुले कुटपिट गरेको प्रदेशसभा सदस्य गिरीले बताए ।

‘२०३६ सालको जनमत संग्रहपछि बहुदल पक्षमा लागेको भनेर उहाँमाथि संसद भवनभित्रै पञ्चहरुले कुटपिट गरेका थिए, जो ऐतिहासिक घटना मानिन्छ,’ प्रदेश सभा सदस्य गिरीले भने, ‘पञ्चयात राजनीतिमा रहँदा पनि उदारवादी खेमामा रहेर उहाँले काँग्रेसजनहरूलाई आन्दोलनमा अदृश्य रुपमा सघाउने गर्नु हुन्थ्यो।’

जातीय परम्परा अनुसार गिरीको समाधि आइतबार पुर्ख्यौली घर दंगिशरण गाउँपालिका वडा नं. ४ सुकदेवा गाउँमा गरिने भएको छ।

गिरीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालासहित नेताहरु दाङ आउने प्रदेश सभा सदस्य गिरीले जानकारी दिए ।

स्वर्गीय गिरीकी ८० वर्षीया श्रीमती छाया र छोराहरू दीपक, छोरी रचना, छोरा, ज्वाला र ज्योति गिरी रहेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : २३ बजे

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन