शहीद स्मारक ‘बी’ डिभिजन लिग: ब्वाइज युनियन विजयी « Khabarhub

शहीद स्मारक ‘बी’ डिभिजन लिग: ब्वाइज युनियन विजयी


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा ब्वाइज युनियन क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

ब्याइजका लागि एक मात्र निर्णायक गोल मिलन लिम्बूले गरेका हुन् । उनले खेलको ७२औँ मिनेटमा हेडमार्फत गोल गरे । मध्यान्तर अघिको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

जितसँगै ब्वाइजले १० खेलबाट १७ अङ्क जोडेको छ । ब्वाइज लिगको चौथो स्थानमा यथावत छ । यस्तै टुसाल १० खेलमा नौ अङ्क जोडेर लिगको आठौँ स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ८ : ४९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका