मेलम्चीको पानी आइपुग्यो सुन्दरीजल, विद्युतीय बटम थिचेर प्रधानमन्त्री ओलीद्वारा उद्घाटन « Khabarhub

मेलम्चीको पानी आइपुग्यो सुन्दरीजल, विद्युतीय बटम थिचेर प्रधानमन्त्री ओलीद्वारा उद्घाटन


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १२ दिनअघि मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छाडिएको पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आइपुगेको छ ।

परीक्षणका क्रममा सुन्दरीजलमा आइपुगेको पानीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह विद्युतीय बटम थिचेर प्रशीधन केन्द्रमा हाल्ने कार्यको उद्घाटन गरे ।

फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट छाडिएको पानी साढे २६ किलोमिटर सुरुङ पार गर्दै प्रशोधन केन्द्रमा आइपुगेको हो । १२ दिनको बीचमा मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी सजगता अपनाइएको थियो ।

परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ ।

परीक्षण सफल भएसँगै तीन महिनाभित्रै काठमाडौँमा मेलम्चीको पानी उपलब्ध गराउने तयारी भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

गएको असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : ३५ बजे

रास्वपा महाधिवेशन : बालेनले भूपदेवलाई दिएका छन् नेता व्यवस्थापनको जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई