गाँजासहित तीन पक्राउ « Khabarhub

गाँजासहित तीन पक्राउ


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अवैध लागुऔषध गाँजा कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने तीनै जना उदयपुर सदरमुकाम गाईघाट बजारमा सब्जी व्यापार गर्दै आएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

कार्यालयका अनुसार गाँजासहित पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ गाईघाटका २५ वर्षीया प्रमिला सहनी, सिरहाको लाहान नगरपालिका घर भई गाईघाटमा बस्दै आएका ५५ वर्षीय राजकुमार सहनी रगाइघाट बजार बस्ने २० वर्षीय लक्ष्मण सहनी रहेका छन् ।

पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए ।

गाँजा कारोवार गर्ने गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई तीन किलोभन्दा बढी गाँजासहित पक्राउ गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ७ : ३१ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित