मेलम्चीको पानी सुन्दरीजलमा झर्दा प्रधानमन्त्रीले भने, ‘लड्डु यस्तो बेला खाने हो’ « Khabarhub

मेलम्चीको पानी सुन्दरीजलमा झर्दा प्रधानमन्त्रीले भने, ‘लड्डु यस्तो बेला खाने हो’


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जतिबेर पायो त्यतिबेर लड्डु खान नहुने भन्दै नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्फत मेलम्ची खोलाको पानी सुन्दरीजलमा झारिएको अवसरमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधवप्रति कटाक्ष गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘यो खुशीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । लड्डु यस्तो बेलामा खानुपर्छ । खुशी यस्तो बेलामा हुनुपर्छ ।’

सर्वोच्च अदालतले गत ११ फागुनमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेपछि नेकपाका प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाउँदै खुशीयाली मनाएका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

तस्वीरहरू: सूर्य थापाको फेसबूकबाट ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : ५३ बजे

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र

अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौं– संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी

रविको मैदानमा बालेनको बलिङ

चुनावी दौडाहामा रहँदा रवि लामिछाने र बालेनलाई विभिन्न ठाउँमा कुचो

नेपालको आर्थिक रूपान्तरण र विकास यात्रामा सहकार्य गर्न चीन प्रतिबद्ध

काठमाडौं– चीनले नेपालको आर्थिक रूपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ