तातोपानीमा निःशुल्क स्वास्थ्य शिविर « Khabarhub

तातोपानीमा निःशुल्क स्वास्थ्य शिविर


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानी स्वास्थ्य चौकीमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजनामा भएको उक्त शिविरमा मुटुरोग, स्त्रीरोग, हाडजोर्नी, आँखा, छाला, तथा सामान्य गरी कूल ८४६ जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए ।

परीक्षण गरिएका बिरामीमध्ये मुटु रोगका नौ र स्त्री रोगका तीनसहित १५ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाले उनीहरूलाई पालिका र त्रिवि शिक्षण अस्पतालले निःशुल्क उपचार गरिने अध्यक्ष पौडेलले बताए ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा ७५ स्वास्थ्यकर्मीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको तातोपानी स्वास्थ्य चौकीकी प्रमुख अनमी ज्ञानु थापाले बताइन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ९ : २७ बजे

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र

अमेरिकाले दियो रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौं– संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी

रविको मैदानमा बालेनको बलिङ

चुनावी दौडाहामा रहँदा रवि लामिछाने र बालेनलाई विभिन्न ठाउँमा कुचो

नेपालको आर्थिक रूपान्तरण र विकास यात्रामा सहकार्य गर्न चीन प्रतिबद्ध

काठमाडौं– चीनले नेपालको आर्थिक रूपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ