नेपासको नयाँ कार्यसमिति गठन, अध्यक्षमा डा. राई र महासचिवमा डा. पौडेल निर्वाचित « Khabarhub

नेपासको नयाँ कार्यसमिति गठन, अध्यक्षमा डा. राई र महासचिवमा डा. पौडेल निर्वाचित


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका बाल चिकित्सकहरुको पेशागत संस्था नेपाल पेडियाट्रिक सोसाईटी (नेपास) को अध्यक्षमा वरिष्ठ बालरोग विशेषज्ञ डा गणेशकुमार राई निर्वाचित भएका छन् ।

आज भएको कार्यकारिणी समितिको निर्वाचनमा डा राई निर्विरोध निर्वाचित भएका हुन् । यसै गरी उपाध्यक्षमा डा कैलाश प्रसाद साह निर्वाचित भएका छन् । उनले १९९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

आज बिहान ८ बजे देखि अपरान्ह ४ बजेसम्म अनलाइन माध्यमबाट निर्वाचन गरिएको थियो ।

यस्तै महासचिव पदमा डा कृष्णप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा डा रामहरि चापागाईँ पनि निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सचिव पदमा डा विष्णुरथ गिरी १७६ मत ल्याएर विजयी भएका छन् । यस्तै सह–कोषाध्यक्ष पदमा डा राजु काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा डा सुमित अग्रवाल २४४ मत, डा स्मृति माथेमा २३६ मत, डा प्रकाश जोशी २२४ मत, डा संगिता शाक्य २१३ मत, डा ओमकृष्ण पाठक २०७ मत र डा दीपक राजभण्डारी १८७ मतका साथ विजयी भएका छन् । त्यसैगररी डा महेशकुमार गौतम १८६ मत र डा अंशु झा पनि १८२ मतका साथ सदस्य पदमा निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको पदावधि दुई बर्षको रहनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ९ : ०४ बजे

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी