नेपासको नयाँ कार्यसमिति गठन, अध्यक्षमा डा. राई र महासचिवमा डा. पौडेल निर्वाचित « Khabarhub

नेपासको नयाँ कार्यसमिति गठन, अध्यक्षमा डा. राई र महासचिवमा डा. पौडेल निर्वाचित


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका बाल चिकित्सकहरुको पेशागत संस्था नेपाल पेडियाट्रिक सोसाईटी (नेपास) को अध्यक्षमा वरिष्ठ बालरोग विशेषज्ञ डा गणेशकुमार राई निर्वाचित भएका छन् ।

आज भएको कार्यकारिणी समितिको निर्वाचनमा डा राई निर्विरोध निर्वाचित भएका हुन् । यसै गरी उपाध्यक्षमा डा कैलाश प्रसाद साह निर्वाचित भएका छन् । उनले १९९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

आज बिहान ८ बजे देखि अपरान्ह ४ बजेसम्म अनलाइन माध्यमबाट निर्वाचन गरिएको थियो ।

यस्तै महासचिव पदमा डा कृष्णप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा डा रामहरि चापागाईँ पनि निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सचिव पदमा डा विष्णुरथ गिरी १७६ मत ल्याएर विजयी भएका छन् । यस्तै सह–कोषाध्यक्ष पदमा डा राजु काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा डा सुमित अग्रवाल २४४ मत, डा स्मृति माथेमा २३६ मत, डा प्रकाश जोशी २२४ मत, डा संगिता शाक्य २१३ मत, डा ओमकृष्ण पाठक २०७ मत र डा दीपक राजभण्डारी १८७ मतका साथ विजयी भएका छन् । त्यसैगररी डा महेशकुमार गौतम १८६ मत र डा अंशु झा पनि १८२ मतका साथ सदस्य पदमा निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिको पदावधि दुई बर्षको रहनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ९ : ०४ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ