आलियाको ‘गंगुबाई काठियावाडी’विरुद्ध आन्दोलन | Khabarhub Khabarhub

आलियाको ‘गंगुबाई काठियावाडी’विरुद्ध आन्दोलन


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीलाई ‘विवाद’ शब्द कति प्रिय लाग्छ भन्ने कुरा उनको पृष्ठभूमिबाटै थाहा हुन्छ । उनले आफ्नो करियरमा धेरै गम्भीर समस्या भोगे ।

उनले सुटिङ गरिरहेका फिल्म हुन् या रिलिजको तयारीमा रहेका फिल्म हुन्, अधिकांश फिल्म विवादमुक्त हुन सकेनन् । विगतमा केही निश्चित समूहले उनको फिल्म ‘बाजीराव मस्तानी’ र ‘पद्यमावत’ प्रति आपत्ति जनाए ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार सञ्जय अहिले यस्तै अर्को विवादमा तानिएका छन् । उनको फिल्म ‘गंगुबाई काठियावाडी’लाई लिएर कमथीपुराका बासिन्दाहरु आन्दोलित भएका छन् ।

यो फिल्ममा आलिया भट्ट प्रमुख भूमिकामा छिन् । कोठी सञ्चालिका गंगुबाईको कथामा आधारित फिल्मले आफ्नो क्षेत्रलाई मुम्बईको प्रख्यात रेडलाइट एरियाका रुपमा चित्रण गरेको भन्दै कमथीपुराका बासिन्दा आन्दोलित भएका हुन् । उनीहरुले फिल्ममा देखाइएको दृश्यले आफ्नो क्षेत्रलाई ‘लज्जित’ बनाएको दाबी गरेका छन् ।

‘आलिया भट्टको अभिनय रहेको र सञ्जय लीला भन्सालीले निर्देशन गरेको फिल्म ‘गंगुबाई काठियावाडी’ले दुई सय वर्षको इतिहास बोकेको कमथीपुरालाई दुरुपयोग गरेको छ । यो स्थानलाई मुम्बईको रेडलाइट एरियाको रुपमा देखाउनु आफैंमा लज्जास्पद विषय हो’, कमथीपुराका बासिन्दाद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।

विज्ञप्तीमा निकै लामो प्रयासपछि स्थानीयले कमथीपुराको बेग्लै पहिचान बनाएको स्मरण गर्दै सञ्जयको फिल्मले त्यो पहिचानमाथि बज्रपात गरेको उल्लेख गरिएको छ ।

स्थानीयका अनुसार कमथीपुराका बासिन्दाहरु अहिले शान्त अवस्थामा छैनन् । उनीहरुले फिल्मको रिलिजविरुद्ध चाँडै नै आन्दोलनको तयारी गरिरहेका छन् । यसका लागि उनीहरुले विभिन्न व्यक्तिलाई भेटेर यो विषयमा उजुरी नै गरेका छन् ।

केही साता अघि मात्र भन्सालीको जन्मदिनमा फिल्मको टिजर रिलिज गरिएको थियो । फिल्मको टिजरमा आलियाले बोलेको संवाद निकै लोकप्रिय बनेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  १० : ०० बजे

जितुको अर्को फिल्म ‘कार्की साइला’को शुभ मुहूर्त, वैशाख २० बाट छायाङ्कन

काठमाडौं – कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा

कूल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाइ, साढे ६२ अर्ब बढीको निर्यात

काठमाडौं– नेपालले निर्यात गर्ने वस्तुहरूमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको

प्रधानमन्त्रीले ‘बाइपास’ गरेपछि असन्तुष्ट थिइन् मन्त्री भट्टराई

काठमाडौं- संघीय राजधानी काठमाडौंमा २० दिनदेखि आन्दोलित शिक्षकहरूको माग पूरा

निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा

काठमाडौं– प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा झण्डै नौ महिनादेखि