वायु प्रदूषणको असर : उद्योगधन्दा बन्ददेखि यातायातमा जोरबिजोरसम्मको तयारी « Khabarhub

वायु प्रदूषणको असर : उद्योगधन्दा बन्ददेखि यातायातमा जोरबिजोरसम्मको तयारी


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि उस्तै छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै सोमबारदेखि फेरि उपत्यकासहितका शहरहरूमा वायु प्रदूषण बढेको हो ।

वायु प्रदूषण नहट्दा काठमाडौँ उपत्यकासहित देशका विभिन्न शहरहरूमा तुवाँलो लागेको छ । घाम नलाग्दा र हावाको बेग नचल्दा प्रदूषित धुलोका कण तथा डढेलोले ल्याएको धुँवा उपत्यकाको वायु मण्डलमा थुप्रिएको वरिष्ठ मौसम विद् राज प्रधानाङ्ग बताउँछन् ।

देशका ७ सयभन्दा बढी स्थानमा लागेको डढेलो नियन्त्रणमा नआउँदा पनि समस्या देखिएको वातावरण विभागका अधिकारीहरू बताउँछन् ।

वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमले मंगलबार बिहान ७ बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ । काठमाडौँपछि दोस्रो नम्बरमा बंगलादेशको ढाका छ ।

एआईक्यूका अनुसार काठमाडौँको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) ३१० पुगेको छ । सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

वातावरण विभागको मापनमा बिहान ७ बजेको मापनमा भरतपुरको सबैभन्दा खराब ३२४, भक्तपुरको एआईक्यू २६९ र धादिङको २७५ छ ।

विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीका अनुसार सोमबारको तुलनामा प्रदूषण केही घटेको छ । तर आँखा पोल्नेलगायतका समस्या यथावत रहेकाले सकेसम्म घरभित्रै रहन उनले आह्वान गरेका छन्।  यो अवस्थामा सुधार नआएमा सवारी साधनमा जोरबिजोर, उद्योगधन्दा र विद्यालय बन्द गर्न सिफारिस गरिने उनले बताए ।

सोमबारदेखिको तुँवालोले काठमाडौँको भिजिबिलिटी पनि कम भएको छ । भिजिबिलिटी आज पनि १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भिजिबिलिटी कम हुँदा आन्तरिक हवाइ उडानसमेत प्रभावित हुँदै आएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ७ : ३७ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय