एमाले र माओवादी केन्द्र व्यूँतिएपछि आज पहिलो पटक वाग्मती प्रदेशसभा बैठक | Khabarhub Khabarhub

एमाले र माओवादी केन्द्र व्यूँतिएपछि आज पहिलो पटक वाग्मती प्रदेशसभा बैठक


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  साविकका एमाले र माओवादी केन्द्र व्यूँतिएपछि वाग्मती प्रदेशसभाको बैठक आज पहिलो पटक बस्दैछ ।

फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले दुई दल व्यूँतिएपछि आज पहिलो पटक वाग्मती प्रदेसभा बैठक बस्न लागेको हो ।

आज दिउँसो १ बजे डाकिएको छ । बैठकमा सत्तारुढ दल नेकपा (एमाले), प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता बस्ने कुर्सीको व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठक कक्षको पहिलो लहरमा सत्तारुढ दल एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेल, प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल र दोस्रो ठूलो दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँलाई क्रमशः लहरै बस्ने गरि कुर्सी व्यवस्थापन गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेताको रुपमा शालिकराम जम्मकट्टेल, उपनेतामा प्रदेशसभाका सदस्य कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठ नियुक्ति भएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको पनि सो सचिवालयले जनाएको छ ।

प्रदेशसभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय भई आएको कार्यसूचीहरू बैठकमा प्रस्तुत हुने प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बताए ।

गत माघ ९ गते मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई सोही दिनको अपराह्नदेखि अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १० : ०५ बजे

सगरमाथा आरोहण गरेकी प्रनानी शेर्पालाई दर्ज्यानी चिह्न

काठमाडौं– प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गरेकी प्रहरी

विषाक्त च्याउ खाएका तीनै जनाको मृत्यु

दमक– विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका

संखुवासभाबाट ९ जना जुवाडे पक्राउ

संखुवासभा– खाँदबारी नगरपालिका-९ तुम्लिङटार एयरपोर्ट छेउस्थित ५८ वर्षीय खगेन्द्र कार्कीको दिपा होटल

विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार लिम्बू इतिहासलाई

सुनसरी– लिम्बुवान अध्ययन केन्द्रले ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार–२०८१’ इतिहासकार स्व.

नेप्सेमा सामान्य गिरावट, कारोबार कति ?

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक