विगत केही दशकदेखि औषधि उत्पादनका क्षेत्रमा भारतको भूमिका महत्त्वपूर्ण रहिआएको छ । हालै सम्पन्न क्वार्ड समूहका राष्ट्रहरूको बैठकमा पनि सन् २०२२ सम्म एशियाली देशहरूलाई प्रदान गरिने कोभिड भ्याकसिनको १०० करोड खोप भारतमा भारतमा उत्पादन गर्ने सहमति कायम भएको छ ।
भारत, अमेरिका, आस्ट्रेलिया र जापानबीच भर्चुअल बैठकमा यस्तो सहमति कायम हो । आगामी दुई वर्षमा भारत संसारकै भ्याक्सिन महाशक्ति राष्ट्रको रूपमा स्थापित हुनेछ । गत साता नै बेलायती मन्त्री लार्ड तारिक अहमदले पनि भारतले फार्मेसीको रूपमा विश्वमै असाधारण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका छन् ।
भारतमा निर्मित औषधिको विश्वसनीयता र प्रभावकारितामाथि कहिल्यै प्रश्न उठेको छैन । निकै काम समयमा कोभिड–१९ विरुद्धको भ्याक्सिन तयार गरेर भारतले औषधिको क्षेत्रमा विश्वव्यापीरूपमै आफ्नो महत्त्व साबित गरेको छ । आगामी दिनमा भारत औषधिको क्षेत्रमा विश्वको महाशक्ति बन्न सक्छ ।
विगत महिनाहरुमा भारतले विश्वका १५० भन्दा बढी देशहरुलाई अनिवार्य औषधि उपलब्ध गराएको छ र ७० भन्दा बढी देशमा कोभिडको खोप आपूर्ति गरेको छ । संयुक्त राष्ट्र संघका महासचिवले पनि खोप अभियानको दृष्टिकोणले भारतलाई विश्वको सबैभन्दा ठूलो शक्ति संज्ञा दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उद्योग र अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन विभाग तथा नीति आयोगले ल्याएको उत्पादनसित सम्बन्धित प्रोत्साहन योजनामा आधारित एक गोष्ठीमा भारतमा यस योजना अन्तर्गत आगामी ५ वर्षमा १५ हजार करोड रुपैयाँको लगानी आउने सम्भावना व्यक्त गरेका छन ।
यसबाट एकातिर औषधिको बिक्री करिब तीन लाख करोड भारतीय रूपैयाँसम्म हुन पुग्नेछ भने अर्कोतिर औषधि निर्यातमा पनि भारतलाई करिब दुई लाख करोड रुपैयाँ नाफा हुनेछ । प्रधानमन्त्री मोदीका अनुसार औषधि क्षेत्रमा अनेकौँ प्रमुख कम्पनीहरूले यस योजना अन्तर्गत लगानी गर्ने इच्छा प्रकट गरेका छन् ।
यस योजना अन्तर्गत भारतले औषधि उत्पादनको कच्चा पदार्थको स्थानीय स्तरमा उत्पादनको निम्ति पनि विशेष प्रोत्साहन आर्थिक सहायता सुनिश्चित गरेको छ । वर्तमान अवस्थामा भारतले औषधिका कच्चा पदार्थको करिब ७० प्रतिशत आयात गर्ने गरेको छ । अब स्वदेशमै कच्चा पदार्थ उत्पादन निम्ति विशेष प्राथमिकता दिएको छ । नयाबाट कच्चा पदार्थको आयात घट्ने अपेक्षा भारतको छ ।
भारत चिकित्सा क्षेत्रका धेरै सामग्रीको ठूलो उत्पादक र निर्यातक बनेको छ । पीपीई किटको दोस्रो ठूलो उत्पादक भारतले दैनिक पाँच लाखभन्दा बढी पीपीई किट उत्पादन गरिरहेको छ । वर्षेनी तीन लाख भेन्टिलेटर उत्पादन गरिरहेको छ । एन–९५ मास्कको उत्पादनमा पनि आत्मनिर्भर बनिसकेको छ । सर्जिकल, मास्क, मेडिकल गगल्स र पीपीई किट त ठूलो परिमाणमा निर्यात पनि गरिरहेको छ ।
हाल भारत औषधि औषधि उत्पादनमा विश्वको तेस्रो ठूलो देश भएको छ । केही वर्ष यता विश्वस्तरीय क्षमता र अनुकूल बजारका कारण पनि भारत विश्वकै आकर्षक र ठूलो औषधि उत्पादकको रूपमा मान्यता पाउन सफल भएको छ । विश्वका करिब ६० प्रतिशत खोपको उत्पादन भारतमा हुने गर्दछ ।
भारतका औषधि उत्पादकहरूले प्रगति गर्नुको एउटा प्रमुख कारण यहाँ लागत कम हुनु पनि हो । वर्तमान अवस्थामा भारतको औषधि उद्योगको आकार ४० अर्ब डलरभन्दा पनि बढीको रहेको छ । भारत सरकारको अनुमानअनुसार सन् २०२४ सम्ममा यो ६५ अर्ब डलरसम्म पुग्ने र सन् २०३० सम्म १२० अर्ब डलर पुग्नेछ ।
कोभिड महामारीअघि बन्ने खोपको ६० प्रतिशत हिस्सा लिएको भारतीय कम्पनी सेरम इन्स्टिच्युट छिमेकी राष्ट्र लगायत विश्वमै आफ्नो उत्पादनमार्फत सम्बन्ध र प्रभाव विस्तार गर्न चाहन्छ । भारतको पुणेमा रहेको सेरम इन्स्टिच्युटले प्रतिदिन लाखौँ डोजको कोरोनाविरुद्धको खोपको उत्पादन गरिरहेको छ ।
भारतले शुरू गरेको खोप निर्यात कार्यक्रम साढे दुई करोड जति भ्याक्सिन निर्यात गरिसकेको छ जसमध्ये ६५ लाख त अनुदानमै उपलब्ध गराएको छ । नेपालसहित भूटान, अफगानिस्तान, सेसलिस, मल्दिभ्स, श्रीलंका, बङ्गलादेश र क्यारेबियन मुलुक डोमेनिका र बारवाडोस जस्ता दर्जनौँ देशलाई अनुदानमा खोप उपलब्ध गराएको छ । नेपालले भारतबाट २० लाख खोप खरिद पनि गरेको छ । दश लाख खोप त नेपाललाई अनुदानमै उपलब्ध गराएको छ ।
कोभिड–१९ को संक्रमणका बेला चीनले पाकिस्तानलाई उपलब्ध गराएको ‘मास्क’ अन्डर गार्मेन्ट लुगाबाट बनेको भन्दै पाकिस्तानीहरूले त्यसको उपयोग गर्न चाहेका थिएनन् । अहिले पनि पाकिस्तानीहरू चिनियाँ खोप लगाउन डराइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनेका खोप सुरक्षित रहेको भन्दै खोप लगाउन विश्वका देशहरूलाई आग्रह गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको नेतृत्वमा स्थापित भएको कोभ्याक्स सुविधा अन्तर्गतको खोप भारतमा निर्माण गरिने अस्ट्राजेनेक खोपको हिस्सा ठूलो छ । यो वर्षको पहिलो ६ महिनामा २४ करोड डोज अस्ट्राजेनेकले कोभ्याक्स उपलब्ध गराउने छ । खोपका लागि आवश्यक पूर्वाधार निर्माणमा जुटेको भारतले आफ्नो देशमा प्रयोग गरेको कुल खोपको मात्रा भन्दा तीन गुणा बढी निर्यात गरेको छ ।
भारतले आफ्नो वार्षिक बजेटमा पनि कोरोना भाइरसको भ्याक्सिन निर्माणको निम्ति ३५ हजार करोड रुपैयाँ विनियोजन गरेको छ । खोप अभियानको निम्ति भारतको आशावादिता र दृढ इच्छाशक्तिको यो ठूलो उदाहरण हो ।
भारतको कोरोना भ्याक्सिनको सफलताप्रति सयुक्त राष्ट्र सघ र विश्व स्वास्थ्य सङ्गठनले आफ्नो समर्थन जनाइरहेका कारण विश्वकै ठूलो खोप अभियान भारतले उत्पादन गरेको खोप ‘कोभ्याक्स’ र ‘कोभिशिल्ड’ भारतमा वितरण भसकेको छ । सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पदन गरेको कोभिशिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग विकास गरिएको हो ।
भारतमा कोरोना भ्याक्सिन उत्पादन हुन थालेपछि सहज तथा सुलभ तरिकाले भ्याक्सिन प्राप्त गर्ने देशको रुपमा नेपाल पनि रहेको छ । विगत एक वर्षमा भारतले नेपाललाई पनि कोभिड महामारीसित मुकबिला गर्न निरन्तर रूपमा औषधि, आइसीयू, भेन्टिलेटर, पीसीआर परीक्षण किट, एम्बुलेन्स लगायतका उपकरण र औषधि उपहारमा पनि उपलब्ध गराउँदै आएको छ ।
सन २०२० मा जब दक्षिण एसियामा कोरोना महामारीको प्रकोप शुरू भएको थियो, त्यतिबेला भारतले रेमेडिसिविर र पारासिटामोल औषधि तथा मास्क, ग्लोब्स, पीपीई सेट र अन्य उपकरण उपलब्ध गराएको थियो । भारतले स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न विभिन्न चरणमा प्रशिक्षण पनि सञ्चालन गरेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप सुरक्षित रहेको दाबी गरेको भए पनि त्यस स्तरको विश्वसनीयता प्राप्त गरेको छैन ।
कोभिड–१९ को संक्रमणका बेला चीनले पाकिस्तानलाई उपलब्ध गराएको ‘मास्क’ अन्डर गार्मेन्ट लुगाबाट बनेको भन्दै पाकिस्तानीहरूले त्यसको उपयोग गर्न चाहेका थिएनन् । अहिले पनि पाकिस्तानीहरू चिनियाँ खोप लगाउन डराइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनेका खोप सुरक्षित रहेको भन्दै खोप लगाउन विश्वका देशहरूलाई आग्रह गरेको छ ।
मानवताको सेवा र विश्व समुदायको रेखदेखप्रतिको आफ्नो प्रतिबद्धता र जिम्मेवारी भारतले पूरा गर्ने आश्वासन उनले विश्व समुदायलाई दिएका थिए । भारत यसै दिशामा अग्रसर छ । भारत आगामी दिनमा औषधिको मामिलामा विश्वकै महाशक्ति बन्ने बाटोमा छ ।
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनेका खोपमा आवश्यक स्वास्थ्य सम्बन्धी अनुसन्धान गरेको तर त्यस्तो कुनै पनि खराबी नदेखिएकोले यो खोप लगाउन आग्रह गरेको छ । युरोपेली नियामक निकायले पनि यो खोप सुरक्षित र प्रभावकारी छ भनेपछि स्पेन, इटाली, नेदरल्यान्ड, पोर्चुगल, लिथुआनिया, लात्भिया स्लोभाकिया र बुल्गेरियाले भने खोप अभियान पुनः शुरू गरेका छन् ।
कोभ्याक्समार्फत विश्व स्वास्थ्य सङ्गठनले हाल विश्वका कतिपय देशहरूमा वितरण गरिएको कोरोना विरुद्धको खोपमध्ये ९० प्रतिशत अस्ट्राजेनेकाको खोप नै रहेको छ ।
भारतले यसको कोरोनाविरुद्धको खोप उत्पादन गरेर विश्व जगतमा आफ्नो प्रभाव बढाउने निश्चित छ । यस वर्ष संयुक्त राष्ट्र संघको महासभामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय संकटको सामना गर्न भ्याक्सिन उत्पादन र वितरण क्षमता उपयोग गर्ने घोषणा गरेका थिए ।
मानवताको सेवा र विश्व समुदायको रेखदेखप्रतिको आफ्नो प्रतिबद्धता र जिम्मेवारी भारतले पूरा गर्ने आश्वासन उनले विश्व समुदायलाई दिएका थिए । भारत यसै दिशामा अग्रसर छ । भारत आगामी दिनमा औषधिको मामिलामा विश्वकै महाशक्ति बन्ने बाटोमा छ ।
प्रतिक्रिया