सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो « Khabarhub

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो


२१ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।

प्रहरी स्रोतका अनुसार सचिव पुष्करलाई कपनस्थित निवासबाट नियन्त्रणमा लिएर प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगिएको थियो ।

उनलाई ‘चेन अफ कमाण्ड’ उल्लङ्घन गरेको तथा व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीलाई सिधै सन्देश पठाएको आरोपमा पक्राउ गरि केरकार गरिएकाे हाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा उनलाई नियन्त्रणमा लिएकाे बताइएकाे छ ।

सोधपुछका क्रममा पुष्करमाथि आपराधिक मुद्दा चलाउनुपर्ने पर्याप्त आधार फेला नपरेपछि उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

पुष्कर नेपाल सरकारका वरिष्ठ सचिवमध्ये एक हुन् । ९ मंसिर २०८२ मा तत्कालीन मुख्यसचिव एकनारायण अर्यालले अवकाश पाएपछि उनी पनि मुख्यसचिव पदका प्रमुख दाबेदारमध्ये रहेका थिए । तर सरकारले उक्त पदमा सुमनराज अर्याललाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ११ : ०६ बजे

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल

निजी क्षेत्रसँग मिलेर काम गर्न सरकारसँग हुटहुटी छ : सभामुख अर्याल

गण्डकी– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य

सुदूरपश्चिमविरुद्ध लुम्बिनीको शानदार जित

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम