ट्राफिक सचेतनाले घटायो पर्वतमा सवारी दुर्घटना « Khabarhub

ट्राफिक सचेतनाले घटायो पर्वतमा सवारी दुर्घटना


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– ट्राफिक सचेतनाका लागि निरन्तर अभियान सञ्चालन भएसँगै पर्वतमा सवारी दुर्घटनाका घटनामा कमी आएको छ ।

सवारी दुर्घटना घटेसँगै वार्षिक मृत्यु हुनेको सङ्ख्या घट्दै जान थालेको छ । दुर्घटना न्यूनीकरणका लागि सवारी जाँचमा कडाइ र कारवाहीको प्रक्रिया अघि बढाएसँगै दुर्घटना पनि कम हुँदै गएको हो । जिल्लामा आव २०७४/७५ मा छ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्युका साथै ४६ घाइते भएका थिए । यसैगरी आव २०७५/७६ मा १५ वटा सवारी साधन दुर्घटनामा १५ जनाको मृत्यु र ७४ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

आव २०७६/७७ मा १८ सवारी दुर्घटनामा सात जनाको मृत्यु र १६ जना घाइते भएका छन् । गत वर्ष १८ सवारी दुर्घटनामा १५ जनाले ज्यान गुमाएको भए पनि यो आवमा १२ सवारी दुर्घटनामा छ जनाले मात्र ज्यान गुमाएका हुन् ।

सवारी दुर्घटनामा ठूला सवारी साधनभन्दा पनि साना सवारी साधन बढी दुर्घटना हुने गरेको प्रहरीले बताएको छ । सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा हरेक वर्ष सवारी दुर्घटनामा पनि कमी आउन थालेको छ ।

हालसम्मको तथ्याङ्कअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट भएको देखिन्छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या केही बढी छ । पछिल्लो समय बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्था र सडक निर्माणका नाममा ठेकेदारले वर्षौं लगाउँदा केही दुर्घटना भएको निमित्त ट्राफिक प्रहरी प्रमुख रेशम थापाले बताए । ट्राफिक नियम उल्लङ्घन, मादकपदार्थ सेवन गरी सवारी चलाउने र तीव्र गतिले सबैभन्दा बढी दुर्घटना भइरहेको उनको भनाइ छ ।

जिल्लामा भएका सवारी दुर्घटनामा धेरै चालकको गल्तीका कारण भएको अनुसन्धानले देखाएको छ । थापाका अनुसार २०७४ देखि २०७७ सम्म ४६ वटा सवारी साधन दुर्घटना भएका छन् । जसमा तीव्र गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, यान्त्रिक गडवडी, ब्रेकफेल, स्टेरिङ फेल, यात्रुको गल्ती, सडक चौपाया र सडकको अवस्थाले गर्दा सवारी दुर्घटना भएको छ ।

पर्वतमा मापसे गरी सवारी साधन हाँक्दा कारवाही हुनेको सङ्ख्या पनि कम हुदै गएको छ । आव २०७५/०७६ मा ६० र आव २०७६/७७ मा २९ जना कारवाहीमा परेका छन् । उनीहरुलाई कारवाही गर्दा रु ८९ हजार बढी राजस्व सङ्कलन भएको छ । लकडाउनभन्दा पहिले दिनमा ट्राफिक जाँचमा कडाइ गर्ने प्रहरीले रातमा मापसे जाँचलाई निरन्तरता दिँदा मापसे गरी सवारी साधन हाँक्नेमा पनि उल्लेख्य कमी आएको उनले बताए ।

यसैबीच ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको साउनयता नौ महिनामा रु २६ लाख ३८ हजार ८०० राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियमविपरीत चलेका चार हजार १५० सवारी साधनलाई कारवाही गर्दा सो राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी प्रहरी कार्यलय पर्वतले जनाएको छ । सबैभन्दा बढी एक हजार ८७० जीप तथा कार कारवाहीमा परेका छन् जसबाट रु ११ लाख ५५ हजार राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी ३९० बस कारवाहीमा पर्दा रु दुई लाख ३० हजार ५०० सङकलन भएको छ । रु चार लाख ७० हजार ५०० ट्रकबाट, ६०९ ट्याक्टरबाट रु तीन लाख ६९ हजार, ५५० मोटरसाइकल कारवाही गर्दा रु चार लाख ३० हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १ : ५२ बजे

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा

बजारमा अभाव देखिएपछि बढ्यो ग्यासको आयात

काठमाडौँ – उपत्यकालगायत देशका विभिन्न भागमा केही दिनयता देखिएको खाना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर