लुम्बिनी प्रदेशमा डढेलोमा परी दुई जनाको मृत्यु « Khabarhub

लुम्बिनी प्रदेशमा डढेलोमा परी दुई जनाको मृत्यु

प्रदेशभर ३६८ स्थानमा डढेलो


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रदेशमा डढेलोमा परेर दुई जनाको ज्यान गएको छ । गुल्मीको धुर्कोट गाउँपालिका वडा नं ७ की ९ वर्षकी एक बालिका र पाल्पा माथागढी गाउँपालिकाका एक पुरुषको मृत्यु भएको प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वातावरण महाशाखा प्रमुख डिलाराम पौडेलले जानकारी दिए ।

पौडेलले प्रदेशभरका सबै जिल्लामा डढेलो लागेको बताए । गर्मी बढेसँगै प्रदेशका महाभारत र चुरे पहाडहरुमा डढेलोको प्रकोप बढेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले दिएको जानकारीअनुसार याम शुरू भएपछि हालसम्म प्रदेशभरका वनहरूमध्ये ३६८ स्थानका १८ हजार ५८६ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।

शनिबार साँझसम्मको विवरणअनुसार पछिल्लो चार दिनमा थप ९२ स्थानका ३ हजार २३७ हेक्टर क्षेफलमा डढेलो फैलिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जसमेत गरेर प्रदेशमा अहिले ५६ वटा डढेलो रहेको संघीय सरकारको वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । चैत १७ गतेसम्म २७६ स्थानमा १५ हजार ३४९ हेक्टरमा लागेको डढेलो गत शनिबारसम्म ३६८ स्थानमा १८ हजार ५८६ हेक्टरमा फैलिएको छ । पाँच दिनमा ९२ स्थान र ३ हजार २३७ हेक्टरले डढेलो बढेको हो ।

सबैभन्दा धेरै डढेलो अर्घाखाँचीमा छ । जिल्लाको ६८ स्थानमा ९ हजार ७१५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । त्यस्तै धेरै डढेलो लागेका जिल्लाहरू नवलपरासी, कपिलवस्तु, गुल्मी छन् ।

डढेलो निभाउन आवश्यक उपकरणहरू नरहेको वातावरण महाशाखा प्रमुख पौडेलले बताए । डेढेलो बढ्दै जाँदा लुम्बिनी प्रदेशमा प्रदूषण पनि बढ्दै गएको छ ।

विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  २ : १५ बजे

कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२

एमालेको झण्डा जलाएको आरोपमा ५५ वर्षीय बस्नेत पक्राउ

काठमाडौं- दाङको तुल्सीपुर उपमहानगरपालिका –५ को विरेन्द्र चोकमा नेकपा एमालेको

मकवानपुरमा दुईवटा अस्थायी मतदानस्थल

बागमती– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा दुईवटा अस्थायी मतदानस्थल राखिने

रास्वपा कार्यकर्ताले झण्डा जलाएपछि एमालेले निकाल्यो राँके जुलुस, जलाइयो बालेनको पुत्ला (तस्बिरहरु)

काठमाडौं- रास्वपाका कार्यकर्ताले पार्टीको झण्डा जलाएको विरोधमा नेकपा एमालेका जनसंगठनहरुले

प्रधानमन्त्रीद्वारा प्रदेशको निर्वाचन सुरक्षा व्यवस्था सम्बन्धमा जानकारी

गण्डकी– प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ हुने निर्वाचनका सम्बन्धमा