एमाले प्रवेश गरेका माओवादी केन्द्रतर्फका चार मन्त्री सांसद पदबाट निष्कासित (पत्रसहित) | Khabarhub Khabarhub

एमाले प्रवेश गरेका माओवादी केन्द्रतर्फका चार मन्त्री सांसद पदबाट निष्कासित (पत्रसहित)


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेपाल कम्युनिस्ट पार्टी  (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चारजना सांसदलाई पदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाएको पत्र संसद सचिवालयलाई पठाएको हो ।

आज प्रतिनिधि सभामा रहेकाहरूलाई सांसद पद नरहने गरी पत्र पठाइएको माओवादी केन्द्रका राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले बताए।

‘उहाँहरूलाई स्पष्टीकरण सोधिएको थियो। ती मध्ये कतिको चित्तबुझ्दो जवाफ आएन । कतिले सार्वजनिक रूपमै दल त्यागेको घोषणा गर्नुभयो,’ शर्माले भने, ‘दल त्याग गरेपछि स्वत: पद जान्छ। त्यही जानकारी संसद सचिवालयमा पठाइएको हो।’

चारैजना सांसद अहिले मन्त्री छन् । उनीहरू नेकपा एमाले पार्टीको केन्द्रीय सदस्यमा पनि मनोनित भएका छन् ।

संसद् सचिवालयले पत्रअनुसार कारबाही प्रक्रियाको सूचना जारी गरेपछि उनीहरू सांसद पदबाट औपचारिक रूपमा हट्नेछन् । संसद् चलेको बेला सांसदबाट हटाइएको सूचना प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रिय सभा सदस्य रहेका गृह मन्त्री रामबहादुर थापा ‘बादल’ को सांसद पद खारेज गर्न भने अर्को दिन पत्र पठाउने माओवादीले केन्द्रले निर्णय गरेको छ । त्यसको जानकारी केही दिनमा मात्रै संसद् सचिवालयलाई दिइने माओवादी नेताहरूले बताएका छन् ।

यस्तो छ पत्र 

 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ४ : ४४ बजे

हुम्लाको झापुकुनास्थित किराना पसलमा आगलागी

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका–४ को झापुकुनास्थित मानदेव शाहीको जस्तापाताले छाएको

मुस्ताङका फल्याक र धार्काजुङमा सिँचाइको अभाव

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र–५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको

हेवा खोलामा बाढी आउँदा मेची राजमार्ग अवरुद्ध

फिदिम – अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची

नीलबाराही मन्दिर संरक्षणमा स्थानीय

भक्तपर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ स्थित नीलबाराही मन्दिर संरक्षण गर्न पहल

दुई अर्ब ४१ करोड ७९ लाख राजस्व सङ्कलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको राजस्व सङ्कलन वृद्धि भएको छ