लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका दुई सांसदको पद खोसियो « Khabarhub

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका दुई सांसदको पद खोसियो


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल— लुम्बिनी प्रदेश सभाबाट नेकपा (माओवादी केन्द्र) का दुई जना सांसदको पद खोसिएको छ ।

प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीको निष्कशनमा परेका हुन् । मङ्गलबार भएको प्रदेश सभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराए ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भएका न्यौपाने रूपन्देही क्षेत्र नम्बर १(ख) र पन्थी गुल्मी क्षेत्र नम्बर २(ख) बाट निर्वाचित भएका थिए ।
माओवादी केन्द्रले उनीहरूले दल त्याग गरेको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो ।

सभामुख घर्तीले माओवादी केन्द्रको केन्द्रीय कार्यालयको जानकारी तथा प्रदेशसभा संसदीय दलको निर्णयको पत्र प्रदेशसभा सचिवालयमा प्राप्त भएको जानकारी गराएका थिए ।

प्रदेश सभा नियमावलीको नियम १९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त हुने व्यवस्था छ । पत्रबारे जानकारी गराउँदै सभामुख घर्तीले न्यौपाने र पन्थीको प्रदेश सभा सदस्य रिक्त भएको बताए ।

लुम्बिनी प्रदेशको चालु अधिवेशन पनि आजै अन्त्य हुँदैछ । सभामुखले प्रदेश अधिवेशन आजै अन्त्य हुने जानकारी गराएका थिए ।
अधिवेशन अन्त्य गरेकोमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको विरोध गरेका छन् ।

आजको बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद वीरबहादुर रानाले प्रदेश सभालाई अघि बढ्न नदिन र प्रदेशलाई अनिर्णयको बन्दी बनाउन सरकारले अधिवेशन अन्त्य गरेको आरोप लगाए ।

माओवादी केन्द्रका सांसद कृष्णध्वज खड्काले अविश्वासको प्रस्ताव आउने डरले सरकारले अधिवेशन अन्त्य गरेको आरोप लगाए । प्रदेशसभा सामना गर्न नसकेर मुख्यमन्त्री तर्सिएको उनको आरोप थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ५ : ०६ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि