लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका दुई सांसदको पद खोसियो « Khabarhub

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका दुई सांसदको पद खोसियो


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल— लुम्बिनी प्रदेश सभाबाट नेकपा (माओवादी केन्द्र) का दुई जना सांसदको पद खोसिएको छ ।

प्रदेशसभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीको निष्कशनमा परेका हुन् । मङ्गलबार भएको प्रदेश सभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराए ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भएका न्यौपाने रूपन्देही क्षेत्र नम्बर १(ख) र पन्थी गुल्मी क्षेत्र नम्बर २(ख) बाट निर्वाचित भएका थिए ।
माओवादी केन्द्रले उनीहरूले दल त्याग गरेको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो ।

सभामुख घर्तीले माओवादी केन्द्रको केन्द्रीय कार्यालयको जानकारी तथा प्रदेशसभा संसदीय दलको निर्णयको पत्र प्रदेशसभा सचिवालयमा प्राप्त भएको जानकारी गराएका थिए ।

प्रदेश सभा नियमावलीको नियम १९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त हुने व्यवस्था छ । पत्रबारे जानकारी गराउँदै सभामुख घर्तीले न्यौपाने र पन्थीको प्रदेश सभा सदस्य रिक्त भएको बताए ।

लुम्बिनी प्रदेशको चालु अधिवेशन पनि आजै अन्त्य हुँदैछ । सभामुखले प्रदेश अधिवेशन आजै अन्त्य हुने जानकारी गराएका थिए ।
अधिवेशन अन्त्य गरेकोमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको विरोध गरेका छन् ।

आजको बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद वीरबहादुर रानाले प्रदेश सभालाई अघि बढ्न नदिन र प्रदेशलाई अनिर्णयको बन्दी बनाउन सरकारले अधिवेशन अन्त्य गरेको आरोप लगाए ।

माओवादी केन्द्रका सांसद कृष्णध्वज खड्काले अविश्वासको प्रस्ताव आउने डरले सरकारले अधिवेशन अन्त्य गरेको आरोप लगाए । प्रदेशसभा सामना गर्न नसकेर मुख्यमन्त्री तर्सिएको उनको आरोप थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ५ : ०६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया