बिस्केट जात्रा मनाउन रोक लगाउने निर्णयको विरोध गर्दै ध्यानाकर्षण « Khabarhub

बिस्केट जात्रा मनाउन रोक लगाउने निर्णयको विरोध गर्दै ध्यानाकर्षण


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेतो मेछिन्द्रनाथ व्यवस्थापन समिति ११४१ ले स्वास्थ्य मापदण्ड पालना गरी बिस्केट जात्रा मनाउन मागसहित सरकारलाई ध्यानकर्षण गराएको छ ।

समितिले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय साँस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्ने पराम्परागत साँस्कृतिक पर्व मध्यको भक्तपुरमा मनाइने बिस्केट जात्रा र अन्य पर्व, परम्परालाई कोभिड १९ महामारी फैलिन सक्ने कारण देखाएर स्थगित गर्न सरकारी निकायहरुले जारी गरेको निर्देशनप्रति आपत्ति जनाउँदै ध्यानकर्षण गराएको हो ।

‘साँस्कृतिक जात्रा पर्व, पराम्परासम्बन्धी कुनै पनि निर्णय गर्ने अधिकार सम्बन्धित सरोकारवाला गुठियारहरुको हुने गरेको छ र हुनुपर्छ’ समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै उक्त सरकारी निर्णय फिर्ता लिई सुरक्षा र स्वास्थ्य सम्बन्धी विविध उपाय अवलम्बन गरी साँसकृतिक जात्रा परम्परालाई निरन्तरता दिनुपर्ने समितिको माग रहेको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ५ : ४३ बजे

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौँ– सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण

पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (तस्बिरहरू)

काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि