बालमन्दिर विद्यालयको नयाँ भवन निर्माणका लागि भारतद्वारा ४ करोड बढी सहयोग « Khabarhub

बालमन्दिर विद्यालयको नयाँ भवन निर्माणका लागि भारतद्वारा ४ करोड बढी सहयोग


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- त्रियुगा नगरपालिका गाईघाटस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतले ४ करोड २९ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच सोमबार  चैत्र २३ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

दूतावासको विकास साझेदारी तथा पुननिर्माण प्रभागका प्रमुख, त्रियुगा नगरपालिकाका मेयर र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत अनुमानित ४ करोड २९ लाखको लागतमा यस परियोजनालाई उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा अघि बढाइने भएको छ ।

भारत सरकारले सन् २००३ यता साविकको ‘साना विकास परियोजना’ र हालको ‘उच्च प्रभाव सामुदायिक परियोजना’ अन्तर्गत ५२० भन्दा धेरै परियोजना अघि बढाएकोमा नेपालका सातै वटा प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई, तथा अन्य सार्वजनिक सुविधाका क्षेत्रमा हालसम्म ४४८ वटा परियोजना सम्पन्न भइसकेका छन् । उदयपुर जिल्लामा निर्माण सम्पन्न भएका सात र निर्माणका विभिन्न चरणमा रहेका आठ गरी प्रदेश १ मा मात्रै ६५ वटा परियोजना रहेका छन् ।

स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, सरसफाई तथा सार्वजनिक सुविधा, कनेक्टिभिटि, क्षमता अभिवृद्धि एवम् व्यवसायिक तालिम, ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन आदि जस्ता नेपाल सरकारले पहिचान गरेको प्राथमिकताका क्षेत्रमा पुर्वाधारको विकासका प्रस्ताव र पाँच करोड लागतभन्दा कमका परियोजनाहरु ‘उच्च प्रभाव सामुदायिक परियोजना’ अन्तर्गत परेका छन्। यस्ता परियोजनाहरुलाई ‘नेपाल–भारत मैत्री विकास साझेदारी’ कार्यक्रम अन्तर्गत लिएर परियोजना क्षेत्रका जनतालाई लाभ प्रदान गर्न यी परियोजनाहरुको कार्यान्वयन स्थानीय सरकारमार्फत गरिने भएको छ ।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएका नेपालका आठ जिल्लामा ्भारतले नेरु ५.८ अर्ब अनुदानमा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिरहेको छ । तीमध्ये आठवटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने ६२ वटा विद्यालय निर्माणाधीन अवस्थामा रहेका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माण परियोजना भने टेण्डर प्रक्रियामा रहेको छ ।

नजिकको छिमेकी भएकोले भारत र नेपालबीच विशिष्ट मित्रता र सहकार्य रहिआएको छ । दुई देशबीच लामो समयदेखि अटूट बहुआयामिक विकास साझेदारी रहदै आएको छ । आज दुई पक्षबीच भएको सम्झौताले प्राथमिकताका क्षेत्रहरुमा पुर्वाधारको विकास गर्न नेपाल सरकारले गरेको प्रयासमा भारतले निरन्तर गर्दै आएको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १० : १५ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब