कोरोना भाइरसविरुद्धको खोपमा पेटेन्ट राइट लगाउन नहुने अमेरिकी अडान « Khabarhub

कोरोना भाइरसविरुद्धको खोपमा पेटेन्ट राइट लगाउन नहुने अमेरिकी अडान


२३ बैशाख २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा पेटेन्ट राइट लगाउन नहुने अडान लिएको छ ।

विश्व व्यापार संगठन (डब्ल्युटीओ) ले महामारी नियन्त्रणका लागि खोप उत्पादन बढाउन जरूरी रहेकाले बौद्धिक सम्पती सम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनु पर्ने अभियान चलाइरहँदा अमेरिकी धारणा सार्वजनिक भएको हो ।

भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियान थालिएकोमा अमेरिकाले पनि बौद्धिक सम्पती सम्बन्धी सुरक्षालाई छुट दिनु पर्ने पक्षमा आफू रहेको बताएको बीबीसीले जनाएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइले ‘असाधारण समयमा असाधारण उपायहरुको’ माग हुने बताएकी छन् । तर खोपलाई लिएर सर्वमान्य निर्णयमा पुग्न डब्ल्युटीओ सदस्यहरुलाई समय लाग्ने सक्ने उनले बताएकी छन् ।

भारत र दक्षिण अफ्रिकाले ६ महिनादेखि खोपको पेटेन्ट राइट हटाएर मानव जीवन बचाउनु पर्ने माग गर्दै आएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोपको पेटेन्ट राइटमा छुट दिनु पर्ने बताउँदै आएका छन् ।

खोपको पेटेन्ट अधिकारमा छुट दिईँदा त्यसको उत्पादन विश्वका विभिन्न देशमा गर्न सकिने र एकै पटक महामारी नियन्त्रणमा लिन सकिने यसका पक्षधरहरुको भनाइ छ ।

पेटेन्ट राइट अधिकार अन्तर्गत खोप विकास गरेका कम्पनी तथा देशले  यसको ‘कम्पोजिसन’ गोप्य राखेका छन् । महामारीले संसार आक्रान्त हुँदा पनि व्यापारिक दृष्टिकोणबाटै प्रेरित भएको भन्दै त्यसको समेत आलोचना हुने गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ८ : १५ बजे

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक