विदेशबाट फर्किएका यात्रुसँग बढी भाडा असुलेको आरोपमा एकजना पक्राउ | Khabarhub Khabarhub

विदेशबाट फर्किएका यात्रुसँग बढी भाडा असुलेको आरोपमा एकजना पक्राउ


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशबाट फर्किएका यात्रुसँग धेरै भाडा लिएको आरोपमा प्रहरीले बस काउण्टरका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौंको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका कर्मचारीलाई बढी भाडा लिएको आरोपमा पक्राउ गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार पक्राउ पर्नेमा स्याङ्जा चापकोट–७ घर भएका ३० वर्षीय मिलन सारु छन् ।

उनले बा४ख ४९३ नम्बरको बसमा बागलुङ जाने यात्रुसँग तोकिएको भन्दा तेब्बर सम्म बढी भाडा असुलेको प्रहरीले जनाएको छ ।

एसएसपी भट्टराईका अनुसार सरकारले ९ सय तोको नियमित भाडादर बढाएर उनले प्रति यात्रु ३ हजारदेखि ४ हजारसम्म लिएका थिए ।

अहिले ट्राफिक प्रहरीले बससहित उनलाई कारवाहीका लागी महानगरीय प्रहरी वृत महाराजगञ्जमा पठाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ८ : ३० बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो