काठमाडौंका दुई अस्पताललाई सोधियो स्पष्टीकरण | Khabarhub Khabarhub

काठमाडौंका दुई अस्पताललाई सोधियो स्पष्टीकरण


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  कोरोना भाइरस संक्रमितसँग बढी शुल्क लिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले दुई वटा निजी अस्पतालसँग स्पष्टीकरण सोधेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार ह्याम्स अस्पताल र काठमाडौं मेडिकल कलेज(केएमसी) अस्पतालसँग स्पष्टीकरण सोधिएको हो ।

प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार औषधि उपचार गराउँदा बढी शुल्क लिएको भन्ने गुनासो आएपछि त्यसैको आधारमा के कसो हो भनेर स्पष्ट पार्न  भनिएको छ । यदि ती अस्पतालले चर्को शुल्क लिएको प्रमाणीत भएका कानून अनुसार कारवाही हुने पराजुलीले बताए ।

ती अस्पतालले जारी गरेको मूल्य सूची सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बुधबार तोकिएको उपचार शुल्कभन्दा बढी लिए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ९ : ४० बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो