डाक्टरलाई ‘दानव’ भनेपछि सुनिलविरुद्ध उजुरी « Khabarhub

डाक्टरलाई ‘दानव’ भनेपछि सुनिलविरुद्ध उजुरी


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–भारतका प्रख्यात स्टेण्डअप कमेडियन सुनिल पलविरुद्ध मुम्बईको अँधेरी पुलिस स्टेसनमा उजुरी परेको छ । उनीमाथि प्रन्टलाइनमा काम गर्ने डाक्टरमाथि मजाक गरेको र उनीहरुविरुद्ध अपमानजक शब्द प्रयोग गरेको आरोप छ ।

दैनिक भास्करका अनुसार सुनिलले आफ्नो वेबसाइटमा अपलोड गरिएको एक भिडियोमा डाक्टरमाथि कोभिड संकटको आडमा मानव तस्करीको आरोप लगाएका छन् ।

‘डाक्टर भगवानका एक रुप हुन्छन् । तर ९० प्रतिशत डाक्टरले दानवको रुप धारण गरेका छन् । बिरामीसँग धोकाबाजी गरिएको छ । गरिब व्यक्तिलाई डराउने बनाइएको छ । पुरा दिन कोभिडको नाममा उनीहरुलाई बेड छैन, प्लाज्मा छैन र औषधि छैन भनेर दुःख दिइरहेको छ’, उनले भिडियोमा भनेका छन् ।

भिडियो भाइरल भएपछि सुनिलले अर्को एक भिडियो बनाउदै आफूले डाक्टरलाई निशाना नबनाएको दाबी गरेका छन् । उनले आफ्नो भनाईले डाक्टरलाई चोट पुगेकोमा माफी माग्दै आफ्नो भनाई फिर्ता लिने बताएका छन् । उनले डाक्टरलाई भगवानको प रहेको भनेका छन् ।

भिडियो सार्वजनिक हुनासाथ डाक्टरको समूहले अँधेरी पुलिस स्टेसन पुगेर आइपीसीको धारा ५०० (मानहानी) र धारा ५०५(२) अनुसार उजुरी गरेका हुन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ११ : २० बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।