समय हेरेर टिप्नुपर्छ तुलसीको पत्ता | Khabarhub Khabarhub

समय हेरेर टिप्नुपर्छ तुलसीको पत्ता


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्ममा तुलसीको विरुवाको विशेष महत्व रहने गरेको छ । हिन्दुहरु तुलसीलाई देवता समान मानेर पूजा गर्दछन् । साथै यसको नियमित आराधना पनि गर्दछन् ।

धार्मीक मान्यता अनुसार हरेक बिहान तुलसीको बिरुवामा पानि चढाउनु र साँझमा दियो बाली आराधना गर्दा पूजाकर्ता र जुन घरमा पूजा हुन्छ त्यहाँ सुख, समृद्धि आउने विश्वास गरिन्छ ।

वास्तु अनुसार वास्तुदोष निबारण गर्न पनि तुलसीको प्रयोग उपयोगी मानिन्छ । तर धार्मीक मान्यता अनुसार तुलसीको पात टिप्दा भने केही कुरामा ख्याल पुर्याउनु पर्ने हुन्छ ।

१. आइतबार मंगलबार र शुक्रबार तुलसीको पात टिप्नु शुभ मानिदैँन ।
२. एकादशी, द्वादशी तिथि, औंसी र पूर्णिमा तिथिमा पनि तुलसी टिप्न नहुने मान्यता छ ।
३. उल्लेखित दिनमा तुलसीको पात टिपे घरमा गरीबी आउने धार्मीक विश्वास रहेको छ ।
४. सूर्योदय अघि वा सूर्यास्तपछि तुलसीको पात टिप्नु पनि शुभ मानिदैन ।
५. घरमा जन्म भएको शिशुको नामाकरण नहुन्जेल पनि तुलसीको पात टिप्नु हुदैँन ।

तुलसी केवल पूजनीय मात्र नभई औषधीय गुणले भरिपुर्ण छ । रुघा खोकि लगायतको समस्यामा तुलसीको पातको काढा बनाई पिउँदा आराम मिल्दछ । घाँटीको दुखाईमा समेत तुलसीको पात चपाँएर खाएमा चाँडै निको हुन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ८ : ०६ बजे

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।