समय हेरेर टिप्नुपर्छ तुलसीको पत्ता « Khabarhub

समय हेरेर टिप्नुपर्छ तुलसीको पत्ता


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू धर्ममा तुलसीको विरुवाको विशेष महत्व रहने गरेको छ । हिन्दुहरु तुलसीलाई देवता समान मानेर पूजा गर्दछन् । साथै यसको नियमित आराधना पनि गर्दछन् ।

धार्मीक मान्यता अनुसार हरेक बिहान तुलसीको बिरुवामा पानि चढाउनु र साँझमा दियो बाली आराधना गर्दा पूजाकर्ता र जुन घरमा पूजा हुन्छ त्यहाँ सुख, समृद्धि आउने विश्वास गरिन्छ ।

वास्तु अनुसार वास्तुदोष निबारण गर्न पनि तुलसीको प्रयोग उपयोगी मानिन्छ । तर धार्मीक मान्यता अनुसार तुलसीको पात टिप्दा भने केही कुरामा ख्याल पुर्याउनु पर्ने हुन्छ ।

१. आइतबार मंगलबार र शुक्रबार तुलसीको पात टिप्नु शुभ मानिदैँन ।
२. एकादशी, द्वादशी तिथि, औंसी र पूर्णिमा तिथिमा पनि तुलसी टिप्न नहुने मान्यता छ ।
३. उल्लेखित दिनमा तुलसीको पात टिपे घरमा गरीबी आउने धार्मीक विश्वास रहेको छ ।
४. सूर्योदय अघि वा सूर्यास्तपछि तुलसीको पात टिप्नु पनि शुभ मानिदैन ।
५. घरमा जन्म भएको शिशुको नामाकरण नहुन्जेल पनि तुलसीको पात टिप्नु हुदैँन ।

तुलसी केवल पूजनीय मात्र नभई औषधीय गुणले भरिपुर्ण छ । रुघा खोकि लगायतको समस्यामा तुलसीको पातको काढा बनाई पिउँदा आराम मिल्दछ । घाँटीको दुखाईमा समेत तुलसीको पात चपाँएर खाएमा चाँडै निको हुन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ८ : ०६ बजे

२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते

चिनियाँ रकेट प्रक्षेपण असफल

बेइजिङ– सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम–  सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास

तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार

ताप्लेजुङ– हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली