स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा « Khabarhub

स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेकपा एमालेको स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

बैठकमा समसामियक विषयमा छलफल भएको तथा बैठक लगत्तै प्रधानमन्त्री शीतल निवास गएको पार्टी प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

आज आकस्मिक रुपमा बोलाइएको स्थायी कमिटी बैठकम पार्टीका तर्फबाट उठाइने उम्मेदवारलाई जिताउन विभिन्न तहमा छलफल गर्ने निर्णय भएको जानकारी दिँदै नेता ज्ञवालीले अर्को बैठकले उम्मेदवार टुंगो लगाउने बताए।

यसअघि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बागमती प्रदेशको राष्ट्रियसभा उप निर्वाचनमा रामबहादुर थापा बादल नै पार्टीको आधिकारिक उम्मेदवार हुने बताएका थिए।

यस्तै बैठकमा प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा पनि छलफल भएको ज्ञवालीले बताए।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १२ : १५ बजे

अस्ट्रेलिया–भारतबीच युरेनियम आपूर्ति सम्झौता, स्वच्छ ऊर्जा सहकार्यलाई नयाँ गति

मेलबर्न- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणका क्रममा अष्ट्रेलिया र भारतबीच

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस-५ अब नेपालमा

काठमाडौं– नेपालको विद्युतीय सवारी बजारमा प्रोटोन विजेता ई.एमएएस-५ नेपालमा छिट्टै

चीनमा विनाशकारी बाढी : ३९ जनाको मृत्यु, नौ जना बेपत्ता

एजेन्सी– दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित

तेहरान– रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच