बाँकेमा थप १० संक्रमितको मृत्यु « Khabarhub

बाँकेमा थप १० संक्रमितको मृत्यु


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा उपचारका लागि भर्ना भएका थप १० कोरोना सङ्क्रमितको गएराति अस्पतालमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौ बाँकेका र एक जाजरकोटका रहेका छन् । गएरातिदेखि आज बिहान ७:०० बजेसम्म उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै सात जनाको मृत्यु भएको छ । त्यसमा वडा नं १० एउटै वडा निवासी तीन रहेका छन् । भेरी अस्पतालमा नौ र शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज–१ निवासी ५८ वर्षीय पुरुषको गए राति १०:०० बजे, वडा नं ४ निवासी ५५ वर्षीय पुरुषको गए राति १२:३० बजे, वडा नं १० निवासी ७८ वर्षीया महिलाको गए राति ७:३० बजे, वडा नं १० निवासी २७ वर्षीय पुरुषको १०:२० बजे, वडा नं १० का ७८ वर्षीय पुरुषको बिहान १:४० बजे, वडा नं १२ निवासी ४५ वर्षीय पुरुषको ६:१५ बजे, वडा नं १९ का ७७ वर्षीय पुरुषको बिहान ४:३० बजे, भेरी नगरपालिका जाजरकोटका ४३ वर्षीया महिलाको राति ९:०० बजे र नरैनापुर गाउँपालिका–१ निवासी ५६ वर्षीय पुरुषको आज बिहान ७:०० बजे मृत्यु भएको छ ।

यसैगरी यही वैशाख १४ गते भर्ना भएका कोहलपुर नगरपालिका–५ निवासी ३४ वर्षीय पुरुषको गए राति ९:४० बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या बाँकेका १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्य हुनेको सङ्ख्या १२७ पुगेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १ : ४९ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज