बाँकेमा थप १० संक्रमितको मृत्यु « Khabarhub

बाँकेमा थप १० संक्रमितको मृत्यु


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा उपचारका लागि भर्ना भएका थप १० कोरोना सङ्क्रमितको गएराति अस्पतालमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौ बाँकेका र एक जाजरकोटका रहेका छन् । गएरातिदेखि आज बिहान ७:०० बजेसम्म उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै सात जनाको मृत्यु भएको छ । त्यसमा वडा नं १० एउटै वडा निवासी तीन रहेका छन् । भेरी अस्पतालमा नौ र शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज–१ निवासी ५८ वर्षीय पुरुषको गए राति १०:०० बजे, वडा नं ४ निवासी ५५ वर्षीय पुरुषको गए राति १२:३० बजे, वडा नं १० निवासी ७८ वर्षीया महिलाको गए राति ७:३० बजे, वडा नं १० निवासी २७ वर्षीय पुरुषको १०:२० बजे, वडा नं १० का ७८ वर्षीय पुरुषको बिहान १:४० बजे, वडा नं १२ निवासी ४५ वर्षीय पुरुषको ६:१५ बजे, वडा नं १९ का ७७ वर्षीय पुरुषको बिहान ४:३० बजे, भेरी नगरपालिका जाजरकोटका ४३ वर्षीया महिलाको राति ९:०० बजे र नरैनापुर गाउँपालिका–१ निवासी ५६ वर्षीय पुरुषको आज बिहान ७:०० बजे मृत्यु भएको छ ।

यसैगरी यही वैशाख १४ गते भर्ना भएका कोहलपुर नगरपालिका–५ निवासी ३४ वर्षीय पुरुषको गए राति ९:४० बजे शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या बाँकेका १५७ पुगेको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा मृत्य हुनेको सङ्ख्या १२७ पुगेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १ : ४९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।