सार्वजनिक स्थानलाई निसङ्क्रमण गर्दै महानगरपालिका « Khabarhub

सार्वजनिक स्थानलाई निसङ्क्रमण गर्दै महानगरपालिका


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले तीव्र गतिमा फैलिरहेको कोभिड–१९ को नियन्त्रणका लागि सार्वजनिक स्थान, अस्पताल, सुरक्षा जाँच गर्ने स्थानमा ठूला जेट मेसिनको प्रयोग गरी निसङ्क्रमण कार्य गरिरहेको छ ।

मानिसको बढी आवतजावत हुने ती स्थानसँगै, कोरोनाका बिरामीलाई अस्पताल लैजाने र ल्याउने एम्बुलेन्सलाई पनि निसङ्क्रमण गरिएको हो । “बन्दाबन्दी भए पनि कतिपय मानिस अत्यावश्यक कामले बाहिर निस्किनुपर्ने हुन्छ, यसरी मानिस आवतजावत हुने स्थान, सुरक्षा जाँच गर्ने स्थान र अस्पताल परिसरलाई केन्द्रित गरेर निसङ्क्रमणको काम गरिरहेका छौँ”, नगर प्रमुख विद्यासुन्दर शाक्यले भने ।

गत वर्ष पनि महानगरपालिकाले सार्वजनिक स्थानसँगै मानिसको बढी भीडभाड हुने स्थानमा निसङ्क्रमण गरेको थियो । महामारीका कारण अहिले सरकारले देशका ५२ जिल्ला र केहीमा आंशिक तथा केहीमा पूर्णरूपमा बन्दाबन्दी गरेको अवस्था छ ।

यसैबीच महानगरपालिकाले बढिरहेको सङ्क्रणदरलाई ध्यान दिँदै अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माणका लागि सात सदस्यीय समिति गठन गरेको छ । कोभिड नियन्त्रणका लागि साना–साना एकाइमा क्वारेन्टिन, आइसोलेशनजस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकाले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउने विषयलाई जोड दिएको पनि प्रमुख शाक्यको भनाइ छ ।

“साना–साना धेरै आइसोलेशन बनाइयो भने ती ठाउँमा अक्सिजनलगायत सामग्री र जनशक्ति पुर्‍याउन कठिन हुन्छ, यस्ता ठाउँमा बिरामीलाई सन्तोषजनक सेवा दिन पनि सकिँदैन, त्यहाँ कुनै कारण जोखिम सिर्जना भयो भने जिम्मेवारी लिने कोही हुँदैन, त्यसैले हामी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ठूला अस्पतालसँग सहकार्य गरेर उहाँहरुसँग भएको क्षमता बढाउन चाहन्छौँ”, प्रमुख शाक्यले भने ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  २ : ०३ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ