गायक प्रेमध्वज प्रधानको निधन « Khabarhub

गायक प्रेमध्वज प्रधानको निधन


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको बिहीबार दिउँसो निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा निधन भएको हो । प्रधान ८३ वर्षका थिए ।

संगीतकार लक्ष्मण शेषले आफूलाई प्रेमध्वजकी श्रीमतिले उनको निधन भएको जानकारी दिएको बताए । ‘मलाई भाउजूले फोन गरेर उहाँको निधनको बारेमा जानकारी दिनुभएको छ । विस्तृत बुझ्न बाँकी छ’, उनले खबरहबसँग भने ।

छातीमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

गायक प्रधानको पाँचवर्ष अघि सन् २०१६ मार्च १५ मा हैमाटोमाको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात उनी निकै स्वस्थ देखिएका थिए ।

गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’ र ‘पर लैजाउ फूलहरु’लगायतका गीत लोकप्रिय छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  २ : २४ बजे

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी